दोलखा फुटवल संघ फाइनलमा

चरिकोट–दोलखाको सदरमुकाम चरिकोटमा जारी प्रथम प्रकाश स्मृति कप खुला फुटबल प्रतियोगितामा दोलखा फुटवल संघ फाइनलमा पुगेको छ । आज भएको सेमिफाइनलमा दीपशिखा नैकापलाई ३–१ गोलअन्तरले पराजित गर्दै फुटवल संघ फाइनलमा पुगेको छ ।

दाहालको स्मृतिमा आयोजना गरिएको खेलमा विजेताले नगद रु दुई लाख ५० हजार र उपविजेताले रु एक लाख २५ हजार , सेमिफाइनमा पुग्ने टिमले ३० हजार साथै शिल्ड तथा मेडल प्राप्त गर्नेछ । प्रतियोगितामा देशका विभिन्न क्लब तथा फुटबल सङ्घ गरी १२ टिमको सहभागिता छ । खेल मङ्सिर ७ गतेसम्म चल्ने छ ।

Shares

Be the first to comment on "दोलखा फुटवल संघ फाइनलमा"

Leave a comment

Your email address will not be published.


*