दुर्घटना न्युनिकरण पहिलो प्राथमिकताःदोलखा प्रहरी प्रमुख पोखरेल

दोलखाको प्रहरी प्रमुखमा प्रहरी नायब उपरिक्षक रेवती रमण पोखरेल आएका छन् । हालै जिल्ला प्रहरी कार्यालय दोलखामा हाजिर भई आफ्नो कार्यभार समाहलेका हुन् । प्रमुख उपरिक्ष पोखरेल यस अघि महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत थिए ।
अहिले उनि दोलखाको प्रमुख भएपछि अबको शान्तिीसुरक्षाको अवस्था जिल्लामा कस्तो आयाम थपिन्छन् यसै बिषयमा केन्द्रित भई हाम्रा सहकर्मि ईश्वर बिश्वकर्माले प्रहरी नायब उपरिक्षक रेवती रमण पोखरेलसँग गरेको कुराकानी ः

  •  भक्तपुरमा करिब साँढे १ वर्ष प्रहरी प्रमुख भएपश्चात् सरुवा भई दोलखामा प्रहरी प्रमुखको रुपमा हिजोबाट कार्यभार समाह्ल्नु भएको छ । कस्तो महशुस गर्नूभयो ?

नेपाल प्रहरीको नियम र कानुन अनुसार प्रहरीले गर्ने जिम्मेवारी उस्तै नै हो । भौगोलिक अवस्थाले फरक होला तर जिम्मेवारी उहि किसिमको हुन्छ नै । प्रहरीको मूल मन्त्र र प्राथमिकताका विषयहरुको आधारमा ऐन नियम र कानुन पुर्वक कार्य गर्ने हो । दोलखामा पनि त्यो किसिमले आफ्नो जिम्मेवारी कुशलता पुर्वक निर्वाह गरि समाजमा शान्ती सुरक्षाको प्रत्याभूति दिलाउने मेरो र दोलखा प्रहरीको रहन्छ । दोलखामा भर्खर कार्यभार समाह्लेको भएपनि कार्यकुशलता राम्रै हुने छ भन्ने विश्वास लागेको छ ।
ड्ड हजुर प्रहरी प्रमुखको रुपमा कार्यभार समालीसक्नु भएको छ अब दोलखाको शान्तीसुरक्षामा कस्तो आयामहरु थपिन्छन् ? अबको योजनाबारे बताइदिनुस न ।
यसो गर्छू, उसो गर्छू भन्दा पनि बोलेर भन्दा काम गरेर प्रहरीले देखाउदछ । प्रहरी संगठनले प्राथमिकताका दसवटा बुँदाहरु राखेको छ । शान्तीसुरक्षा र अपराध नियन्त्रणका लागि समुदायसँग नजिक रहेर जनताको तल्लो स्तरसँग पुगेर कार्यहरु दोलखा प्रहरीले गर्ने छ ।
कतिपय अवस्था अलि फरक किसिमका भौगोलिक समस्या र वस्तुस्थितिलार्ई पहिचान गरि त्यस्ता किसिमका समस्याहरु समाधानका निमित्त कार्यहरु प्राथमिकताका साथ अगाडी बढ्ने छन् ।

  • दोलखामा महिनौँ सडक दुर्घटना भई धेरैले ज्यान गुमाउछन्, दुर्घटना हुन नदिन हजुरहरुको तर्फबाट कस्तो प्रकारको पहल हुन्छ ?

मेरो मनैमा लागेको कुरा गर्नू भो । मैँले हिजोबाट दोलखामा कार्यभार समाह्ले पनि म अस्ति नै दोलखा आएको हुँ । आउँदा बाटोमा मैँले बस दुर्घटना भएको देख्नुप¥यो । मलाई त्यो किसिमको दुर्घटना देखेर दुख र चिन्ता लाग्यो ।
दोलखामा अन्य जिल्लाको तुलनामा सडक दुर्घटना भई कयौँले ज्यान गुमाइरहेको अवस्थामा तत्काल दुर्घटना न्युनिकरणका लागि आजैमात्र ट्राफिक प्रहरीसँग कसरी सहकार्य गरि अगाडी बढ्दै सडक दुर्घटना न्युनिकरण गर्न सकिन्छ भन्ने कुरामा छलफल गरेका छौँ ।
तसर्थ छलफलबाट ट्राफिक जनचेतनाका साथै चालकको लापरबाहीलाई नियन्त्रण गर्न निर्णय गरेका छौँ । खास गरि चालकले लापरबाहीसँग सवारी चलाउने, हाँक्ने , पुरानो गाडी चलाउने, ट्राफिक नियम विपरित सवारी चलाउनाले दुर्घटना हुने भएकाले सचेतना मूलक कार्यक्रम हाम्रो मुख्य प्राथमिकताका कार्यक्रम हुन् । सडक सुधार र सचेतनामा बृद्धि ल्याई ट्राफिक व्यवस्थापन गर्न सकेमा विकराल सडक दुर्घटना अवश्य कम हुन्छ ।
ड्ड पछिल्लो समयमा दोलखा प्रहरीले मदिरा नियन्त्रण र गाँजा फडानीका कार्यहरु अघि बढाएको छ, यसलाई प्रभावकारी बनाउन के गर्नुपर्ला ?
हैन, यसमा त हाम्रो समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत समुदायसँग मिलेर गर्ने हो । गाँजा नष्ट र मदिरा नियन्त्रणमा प्रहरी एक्लैको सक्रियताले पुग्दैन । प्रहरीले मात्रै गर्न सक्दैन तयसैले प्रहरीले गर्ने हरेक क्रियाकलापमा नागरिकको तर्फबाट सहयोग हुनुपर्दछ ।

  • जनजिब्रोमा झुन्डिएको प्रहरी मेरो साथी कार्यक्रमले कतिको प्रभावकारी भयो ?

प्रहरी मेरो साथी, मुस्कान सहितका प्रहरी लगायतका कार्यक्रमहरु ल्याइएता पनि कार्यान्वयनको अवस्था सन्तोषजनक पाइदैन । यी कार्यक्रमहरु बहुचर्चित भएपनि प्रभावकारी ढंगले सञ्चालन हुन सकेको पाइदैन ।
यी कार्यक्रमहरु प्रहरी एक्लैले गर्न खोजेको जस्तो देखियो । तथापी पनि समुदाय प्रहरी साझेदारीको जिल्ला तह, स्थानिय तह, टोलटोलमा, संघसंस्थामा र विद्यालयमा समिति गठन गरिएको छ । जसले गर्दा समुदाय प्रहरी साझेदारी कार्यक्रम केही प्रभावकारी देखिएको छ । प्रहरीसगैँ समुदायका सदस्यहरुले समाज सभ्य बनाउने कार्यक्रम नै प्रहरी मेरो साथी कार्यक्रम हो प्रहरीको नागरिका समुदाय केन्द्रित सबै कार्यक्रम तथा क्रियाकलाप प्रहरी मेरो साथीको अवधारणामा समेटिन्छन्, समुदायमा सामुदायिक सम्र्पकको माध्यमबाट प्रहरीलाई नागरिकमैत्री बनाई अपराध, दुर्घटना र सामाजिक विकृतिलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्नू नै यस कार्यक्रमको उदेश्य हो ।

दोलखाका विभिन्न स्थानमा चोरीका घटना हुन्छन्, जिल्लाका विभिन्न सहरमा चोरी हुन नदिन के कस्तो रणनिती अपनाउनु हुन्छ ?

त्यस्ता क्रियाकलापमा संलग्न भएमा कोही कसैलाई पनि कडाभन्दा कडा कारबाही हुन्छ । यस्ता घटनाको न्युनिकरणका लागि हामी सक्रिय भई लाग्ने छौँ । सर्वसाधारणलाई सचेतनाका कार्यक्रमहरु दिइन्छ । चोरी भईहालेमा तत्काल चोर पक्रने व्यवस्थाको निर्माण गर्ने छौँ ।

  •  भक्तपुरमा १ वर्ष ६ महिना प्रहरी प्रमुखमा रही काम गर्नुभयो । त्यस ठाउँमा गरिएको कार्यकाल कस्तो रह्यो, शान्ती सुरक्षाको प्रत्याभूति कतिको दिनु भयो ?

राजधानी काठमाडौँबाट नजिकको जिल्ला भक्तपुर । स्रोत र साधनको कुनै कमि थिएन । हामीले स्रोत र साधनले भ्याएसम्म सकभर जनतालाई मुस्कान सहितको सेवा दिने कोसिस ग¥यौँ । अब त्यसको मूल्याङ्कन आफैँले गर्नू ठिक होइन । तर मलाई बिश्वास छ मेरो तर्फबाट जनतालाई शान्तीसुरक्षाको कमी हुन दिइँन । दोलखामा भने प्रहरी जनशक्ति कमी रहेको पाइयो । साँढे चार प्रहरी जनशक्ति हुनुपर्नेमा २ सय मात्र जनशक्ति रहेको छ । यसको परिपूर्ति गर्दै हामी जनचाहनाअनुसार अघि बढ्ने छौँ ।

  • अन्तिममा दोलखामा हजुरको कार्यकाल सुरु भएको छ । पक्कैपनि जनतालाई शान्तिसुरक्षाको प्रत्याभूति दिनका लागि सफल हुनुहोस,् शुभकामना दिदैँ,अन्तिममा केही भन्नुहुन्छ ?

अन्तिममा समाजमा शान्तिसुरक्षा र समाज सभ्य बनाउन प्रहरीको मात्रै भूमिका नभई समुदायकै सम्पुर्ण सदस्यहरु र नागरिकहरुको पनि भूमिका रहने भएकाले यसकार्यमा सबैले सहयोग गर्नुहुन म अनुरोध गर्दछु । साथै आमसञ्चार माध्यमले पनि आफ्नो तर्फबाट सहयोग गर्न आग्रह गर्न चाहन्छु ।
हवस् त यो समयको लागि धन्यवाद ।

Shares

Be the first to comment on "दुर्घटना न्युनिकरण पहिलो प्राथमिकताःदोलखा प्रहरी प्रमुख पोखरेल"

Leave a comment

Your email address will not be published.


*