दोलखा प्रहरीद्धारा २१ हजार भन्दा बढि गाँजाको बोट नष्ट

ईश्वर बिश्वकर्मा
चरिकोट, पौष १३
दोलखा प्रहरीले ३ बर्षको अवधीमा २१ हजार भन्दा बढी गाँजाको बोट नष्ट गरेको छ ।
प्रहरीको सक्रियतामा आर्थिक वर्ष २०७४÷०७५,२०७५÷०७६ र चालु आर्थिक वर्षको मंसिरमहिना सम्म २१ हजार ५ सय १२ बोट गाँजा नष्ट गरिएको हो ।
वर्ष २०७४÷०७५ मा १० हजार २ सय ४७ बोट गाँजा नष्ट गरेको थियो । २०७५÷०७६ मा सबैभन्दा कमी १ हजार ६ सय बोट गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
चालु आर्थिक बर्षको मंसिर महिनासम्म ९ हजार ६ सय ६५ बोट अबैध गाँजा नष्ट गरिएको कार्यालयले जनाएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी वल र स्थानीय बासिन्दा सहितको टोलीले विभिन्न व्यक्तिहरुको बारीमा अबैध रुपमा उत्पादन भएको गाँजा नष्ट गरिएको प्रहरीले जनाएको छ ।
धेरैजसो स्थानमा आफैँ गाँजा उम्रेकाले कतिपय स्थानमा गाँजाखेती गरिएको भेटिएका नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरिक्षक रेवती रमण पोखरेलले बताए ।
गाँजा खेती नष्टसगैँ स्थानीयलाई लागुऔषध सेवनका असरबारे सचेतना कार्यहरु अगाडी बढाएइको उनले बताए । जिल्ला प्रहरी कार्यालय मातहतका युनिटबाट प्रहरी टोली खटाएर गाँजाखेती नष्ट गर्ने अभियानसमेत जारी रहेको डियसपी पोखरेलले बताए ।
मनोपरामर्शदाताहरुका अनुसार परिवारका जुनसुकै व्यक्तिहरुले बेलुका अवेरसम्म नसुत्ने र बिहान अबेरसम्म सुत्ने, एक्लै बस्न रुचाउने, पढाई तथा जागिरमा गयल, तौल घट्ने,दुब्लाउने, पैसाको बढी माग्ने गरेमा लागुपदार्थ दुव्र्यसनमा लागेको शंका गर्न सकिन्छ ।
त्यसैगरि परिवारसँग घुममिल नगर्ने, कडा स्वरले बोल्ने, समयमा घर नआउने लगायत अन्य असमान्य क्रियाकलाप मानिसले देखाएमा दुव्र्यसनमा लागेको शंका गर्न सकिन्छ ।
दुव्र्यसनको शंका लाग्नसाथ मनोविमर्श सेवाबाट दुव्र्यसनी छुटाउन सकिने चिकित्सकहरुले बताएका छन् । सरोकारवालाहरुको अनुसार जिल्लामा पनि लागुपदार्र्थ सेवन गर्नेहरु दिनप्रतिदिन बढिरहेकाले चुनौती रहेको बताएका छन् ।
बेलाबेलामा लागुऔषधसहित विभिन्न स्थानका व्यक्तिहरु प्रकाऊ परेपनि लागुऔषध कारोबार र सेवनमा कमी नआएको सरोकारवालाले बताएका छन् ।

Shares

Be the first to comment on "दोलखा प्रहरीद्धारा २१ हजार भन्दा बढि गाँजाको बोट नष्ट"

Leave a comment

Your email address will not be published.


*