दोलखा प्रहरीद्धारा १३ हजार लिटरभन्दा बढि मदिरा नष्ट

ईश्वर बिश्वकर्मा
चरिकोट, मंसिर ३०
दोलखामा प्रहरीले १३ हजार लिटरभन्दा बढिको परिमाणको घरेलु मदिरा नष्ट गरेको छ ।
आर्थिक वर्ष २०७४÷०७५ देखि चालु आर्थिक वर्षको कार्तिकमहिनाको अवधीसम्म प्रहरीले १३ हजार ९ सय २५ लिटर घरेलु मदिरा नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दोलखाको तथ्याङ्क अनुसार सबैभन्दा बढि आर्थिक वर्ष २०७४÷०७५ मा ५ हजार ३ सय २२ लिटर मदिरा बरामद गरि नष्ट गरेको छ । मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ ३४ हजार ८ सय ३९ केजी बरामद गरि नष्ट गरिएको छ ।
त्यसैगरि आर्थिक वर्ष २०७५÷०७६ मा ३ हजार ५ सय ५८ लिटर घरेलु मदिरा र १६ सय २० केजी परिमाणको कच्चा पदार्थ नष्ट गरिएको छ ।
चालु आर्थिक वर्षको कार्तिक महिनासम्ममा १ सय २० लिटर मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक तथा सूचना अधिकारी यज्ञानन्द शाहले बताए ।
प्रहरी, जनप्रतिनिधी, आमा समूह र स्थानिय बुद्धिजीवीको रहोबरमा जिल्लाका विभिन्न स्थानबाट अबैध घरेलु मदिरा बरामद गरि नष्ट गरिएको उनले बताए ।
मदिराजन्य पेय पदार्थ स्वास्थ्य र समाजका लागि हानिकारक भएकाले प्रहरीको सक्रियतामा मदिरा लगायत मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थसमेत बरामद गरि नष्ट गरिएको प्रनानि शाहले बताए ।
शाहकाअनुसार घरेलु मदिरा खाएर होहल्ला गर्ने, तथा समाजमा बिकृति निम्त्याउनेलाई समेत कारबाहीको दायरामा ल्याइएकोे छ ।
प्रहरीले मदिरा नियन्त्रणमा सक्रियता देखाएपछि पछिल्लो वर्षहरुमा मदिरा बनाउने क्रम हराउदैँ गएको प्रहरी भनाई छ ।
घरेलु मदिरासगसगैँ बजारमा खुलमखुला बिक्री गरिने विदेशी वा आयतित मदिरा पनि नियन्त्रण हुनुपर्नेमा सरोकारवालाहरुले बताएका छन् ।
एक तथ्याङ्कअनुसार नेपालमा दिनहूँ करिब ३० हजार लिटर मदिरा भित्रिने गरेको पाइन्छ । मदिराले मानव स्वास्थ्यमा ठूलो असर पार्ने गर्दछ । मदिरा सेवनले चोटपटक वा दुर्घटना, ग्याष्ट्रिक, कलेजो रोग, प्यांक्रियाटाइटिस, क्यान्सर,अल्सर, मस्तिष्क कमजोर, मुटू रोग लगायतका धेरै रोग तथा समस्या हुने चिकित्सकहरुले बताएका छन् ।

Shares

Be the first to comment on "दोलखा प्रहरीद्धारा १३ हजार लिटरभन्दा बढि मदिरा नष्ट"

Leave a comment

Your email address will not be published.


*