दोलखा प्रहरीद्धारा गाँजा नष्ट

चरिकोट –जिल्ला प्रहरी कार्यालय दोलखाले ५ रोपनी जग्गामा उत्पादित २ हजार ७ सय गाँजाको बोट नष्ट गरेको छ । आइतबार दोलखाको भिमेश्वर नगरपालिका ९ का विभिन्न व्यक्तिको ५रोपनी बारी, करेसा बारी तथा सामुदायिक बनमा उत्पादित गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव निरीक्षक बलदेव देवकोटाले जानकारी दिए ।
देवकोटाका अनुसार लागुऔषध दुरुपयोग एंव ओसारपसार बिरुद्ध अन्तराष्ट्रिय दिवसको अवसरमा साताव्यापी कार्यक्रम अन्तर्गत आईतबार अवैध रुपमा उत्पादित गाँजा÷अफिम नियन्त्रण गरिएको हो ।गाँजा फँडानी गरी सोही स्थानमा आगो लगाई गरिएको हो । स्थानिय वासीको रोहवरमा गाँजा नष्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालय दोलखाले गाँजा नियन्त्रणका निम्ति स्थानिय तह लगायत विभिन्न विद्यालयहरुमा जनचेतनामुलक कार्यक्रम गरिरहेको बताएको छ । असार ११ गते अर्थात् जुन २६ तारिखमा अन्तराष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस मनाइदैँ छ । दिवसको एउटै लक्ष्य विश्व समुदायलाई लागुऔषधको कारोबार र असरबाट मुक्त गराउनु रहेको प्रहरीले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखा प्रहरीद्धारा गाँजा नष्ट"

Leave a comment

Your email address will not be published.


*