दोलखा प्रहरीको नयाँ भवन कुलमान घिसिङद्धारा उद्धघाटन

ईश्वर बिश्वकर्मा
चरिकोट, फागुन १४
दोलखाको रोल्वालिङमा तामाकोसी आयोजनाद्धारा नवनिर्मित प्रहरी चौकीको भवन मंगलबार उद्धघाटन गरिएको छ ।
भवनको उद्धघाटन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं माथिल्लो जलविद्युत आयोजना सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले उद्धघाटन गरि हस्तान्तरण गरे ।
उनले विकृति विसङ्गति निर्मुल पार्नका लागि लड्ने प्रहरीलाई जनताले पनि सहयोग गरे समाज सभ्य हुने बताए । उनले सुबिधासम्पन्न भवनबाट प्रहरीले जनतालाई शान्तिसुरक्षा दिने कार्यमा टेवा पुग्ने बताए ।
तामाकोसी आयोजनाद्धारा निर्मित भवन १ करोड १५ लाखमा निर्माण भएको हो । प्रहरी चौकी भवनमा थुनुवा कक्ष व्यारेक तथा कार्यालय सञ्चालनका लागि १२ कोठा रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । उद्धघाटन समारोहमा प्रहरी नायब उपरिक्षक रेवती रमण पोखरेल विगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्का लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

साथै प्रहरी आवास तथा कार्यालय भवन स्तरोन्नती गर्दै जाने नेपाल प्रहरी संगठनको निति अनुरुप जिल्ला प्रहरी कार्यालय मातहत ईलाका प्रहरी कार्यालय जिरी ७ कोठे प्रहरी आवास भवन, ईलाका प्रहरी कार्यालय मागापौवामा प्रहरी आवास सहित कार्यालय सञ्चालनको लागि १० कोठे भवन निर्माणाधिन अवस्थामा रहेको दोलखाका प्रहरी निरिक्षक रेशम बोहोराले बताए ।
प्रहरी चौकी मेलुङमा प्रहरी आवास सहित कार्यालय सञ्चालनको लागि १० कोठे नवनिर्मित भवनको निर्माण कार्य सम्पन्न भई भवन समुद्धघाटनको प्रकृयामा रहेको उनले बताए ।
प्रहरी चौकी किरातीँछाप, छौडे र भैँसेको भवनको लागि बोलपत्र आहावान गरी निर्माणधिन अवस्थामा रेहको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

 

तस्बिर जिल्ला प्रहरी कार्यालय दाेलखा

Shares

Be the first to comment on "दोलखा प्रहरीको नयाँ भवन कुलमान घिसिङद्धारा उद्धघाटन"

Leave a comment

Your email address will not be published.


*