दोलखा प्रशासनद्धारा सभा सम्मेलन नगर्न आग्रह

चरिकोट (दीस) –कोरोना भाइरस (कोविड–१९) को संक्रमणको त्रास फैलिएसँगै जिल्ला प्रशासन कार्यालयले दोलखाले नागरिकलाई सचेत रहन आग्रह गरेका छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई संक्रमणको उच्च जोखिममा राखेकाले सचेत रहन अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय दोलखाले जारी गरेको सूचनामा उल्लेख छ। गृह मन्त्रालयको निर्देशन अनुरुप जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार जारी गरेको सूचनामा अर्को सूचना नहुन्जेल सम्मका लागि सामुहिक रुपमा भेला, मेला (महोत्सव, सभा (सम्मेलन, होली लगायतका पर्व आयोजना नगर्न अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय दोलखाका सहयाक प्रमुख जिल्ला अधिकारी सुर्दशन श्रेष्ठले जानकारी दिनुभयो । संक्रमणबाट जोगिन सचेतना अनपाउनुका साथै भीडभाडमा नजान तथा भेला, सभा, सम्मेलनजस्ता कार्यक्रम नगर्न अनुरोध गरिएको छ ।

Shares

Be the first to comment on "दोलखा प्रशासनद्धारा सभा सम्मेलन नगर्न आग्रह"

Leave a comment

Your email address will not be published.


*