“दोलखा नेविसँघ कप ” सेभेन साइड फुटबल प्रतियोगिता सुरु

चरिकोट(दीस) ः विद्यालय स्तरीय “दोलखा नेविसँघ कप ” सेभेन साइड फुटबल प्रतियोगिता आइतबार बाट सुरु भएको छ । प्रतियोगिताको नेपाली कांगे्रसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले उद्घाटन गर्नु हुँदै यस प्रतियोगिताले खेल क्षेत्रमा उर्जा थपिने बताउनु भयो । सोही समारोहमा आफ्नो आफ्नो मन्तब्य ब्यक्त गर्नु हुँदै नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले दोलखामा ३ बर्ष देखी यस्ता खालका फुटबल प्रतियोगिता नभएको वेला यस प्रतियोगिताले खेलाडीलाई हौसाला प्रदान गर्ने बताउनु भयो ।
आइतबार सुरु भएको प्रतियोगिता पाँच दिनसम्म चल्ले छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार रुपैया , ट्रफी , मेडल र प्रमाणपत्र , दोस्रो हुने टिमले नगद २० हजार रुपैया , ट्रफी , मेडल र प्रमाणपत्र ,तथा तृतिय हुनेले १० हजार रुपैयाँ , ट्रफी , मेडल र प्रमाणपत्र पाउने नेविसंघ दोलखाका अध्यक्ष सौगात थापाले बताउनु भयो । प्रतियोगितामा जिल्लाका २१ विद्यालयका २४ टिमले भाग लिएको उहाँले जानकारी दिनु भयो ।

Shares

Be the first to comment on "“दोलखा नेविसँघ कप ” सेभेन साइड फुटबल प्रतियोगिता सुरु"

Leave a comment

Your email address will not be published.


*