दोलखा नेकपा माओवादी केन्द्रका नेता निमा लामा सहित जिल्ला स्तरीय नेता एमालेमा प्रवेश

चरिकोट (दीस) – नेकपा माओवादी केन्द्रका प्रदेशसभा क्षेत्र नम्बर १ का संयोजक निमा लामा एमालेमा प्रवेश गर्नु भएको छ । आज गौरी शंकर गाउँपालिकामा भएको कार्यक्रम उहाँ सहित जिल्ला स्तरीय नेता समेत एमालेमा प्रवेश गर्नु भएको हो । उहाँ सहित माओवादीका दोलखा जिल्ला सचिवालय सदस्य शंखङिमा शेर्पा (रकेट), अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य मिङ्गुर शेर्पा, गौरीशंकर गाउँपालिका कमिटी उपसचिव अशोक तामाङलाई एमालेका नेताले स्वागत गर्नु भएको थियो । लामा अघिल्लो स्थानीय तहमा माओवादी केन्द्रको तर्फबाट पालिका प्रमुखको उम्मेदार हुनुन्थ्यो । उहाँसहित नेतालाई एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री पार्वत गुरुङ, केन्द्रीय सदस्य सरस्वती बस्नेत, जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठलगायतले उनीहरूलाई एमालेमा स्वागत गर्नु भएको थियो ।

Shares

Be the first to comment on "दोलखा नेकपा माओवादी केन्द्रका नेता निमा लामा सहित जिल्ला स्तरीय नेता एमालेमा प्रवेश"

Leave a comment

Your email address will not be published.


*