दोलखामा मतदान सुरु, सुरक्षा व्यवस्था कडा

SAMSUNG CSC

दीक्षण समाचार
चरिकोट, बैशाख ३०
आज बैशाख ३० अर्थात् स्थानीय तहको निर्वाचनको दिन । दोलखामा उत्साहपूर्वक बिहान सात बजेदेखि मतदान सुरु भएको छ । स्थानीय तहमा पाँच वर्षको लागि सक्षम, राम्रा जनप्रतिनिधि चुन्न मतदाताहरु उत्साहित भई मतदान प्रक्रियामा सहभागी भएका छन् । दुई नगरपालिका र सात गाउँपालिका गरी नौ पालिका र ७४ वटा रहेको जिल्लामा प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा पदका लागि एक हजार ३ सय ३८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । एक लाख ६० हजारले मतदान गर्दै छन्। जिल्ला निर्वाचन कार्यालय दोलखाका प्रमुख, निर्वाचन अधिकारी शकुन्तला राईले नौ वटै पालिकामा निर्धारित समयमै मतदान प्रक्रिया सुरु भएको बताउनुभयो ।
सुरक्षा व्यवस्था कडा
निर्वाचनको सुरक्षाका लागि दुई हजार ३ सय जना सुरक्षाकर्मी परिचालन गरिएको छ । शान्तिपूर्ण, भयरहीत र निष्पक्ष निर्वाचनका लागि चारवटै सुरक्षा संयन्त्र परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले बताउनुभयो । उहाँका अनुसार पाँच सय ८२ नेपाल प्रहरी, नौ सय ४२ जना म्यादी प्रहरी खटिएका छन्, त्यसैगरी सशस्त्र प्रहरी र नेपाली सेना परिचालन भएका छन् । प्रमुख जिल्ला अधिकारी खतिवडाले निर्वाचन सुरक्षा योजना कार्यान्वयन गरी निर्वाचनमा शान्तिसुरक्षा कायम राख्ने कार्य भइरहेको बताउनुभयो । अति संवेदनशील मतदानस्थलका मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडिकडाउ गरिएको बताउनुभयो । उहाँका अनुसार जिल्लामा कुल ९४ वटा मतदान स्थलमध्ये ४१ वटा अति संवेदनशील मतदान स्थल रहेका छन् । ३७ वटा संवेदनशील सूचिमा रहेको छ । १६ वटा सामान्य रहेको छ । २०७४ सम्पन्न निर्वाचनको विश्लेषण गरी सोही आधारमा मतदान स्थलको अवस्था तथा संवेदनशीलताको पहिचान र वर्गीकरण गरिएको हो ।

Shares

Be the first to comment on "दोलखामा मतदान सुरु, सुरक्षा व्यवस्था कडा"

Leave a comment

Your email address will not be published.


*