दोलखा निर्माण ब्यवसायी संघ दोलखाको आयोजनामा तालिम सुरु

चरिकोट(दीस)ः सदरमुकाम चरिकोटमा कन्सट्रक्सन म्यानेजमेन्ट तालिम सुरु भएको छ । दोलखा निर्माण ब्यवसायी संघ दोलखाको आयोजनामा सो तालिम सोमबार बाट सुरु भएको हो ।
निर्माण ब्यवसायी संघ दोलखामा आवद्ध निर्माण ब्यवसायीहरुलाई लक्षित गर्दै दुईदिने कन्सट्रक्सन म्यानेजमेन्ट तालिमको आयोजना गरिएको निर्माण ब्यवसायी संघ दोलखाका अध्यक्ष राजेश थापाले जानकारी दिनुभयो । दुई दिने तालिमको अवधिमा खरिद नियमावली, कार्यप्रगति, भुक्तानी एवं बीमालगायतका बारेमा जानकारी दिईने बताइएको छ । तालिममा प्रशिक्षकद्धय केशव आचार्य र निर्मल अर्यालले सहजीकरण गर्नु हुनेछ । तालिम उद्घाटन शत्र निर्माण व्यवसायी संघ दोलखाका संस्थापक अध्यक्ष रामेश्वर मानन्धरको प्रमुख आतिथ्यता तथा वर्तमान अध्यक्ष राजेश थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Shares

Be the first to comment on "दोलखा निर्माण ब्यवसायी संघ दोलखाको आयोजनामा तालिम सुरु"

Leave a comment

Your email address will not be published.


*