दोलखा जिल्ला मेलुङ गाउँपालिकाका युटुबर काठमाडौमा पक्राउ

काठमाडौ – युट्युव च्यानलबाट महिलाहरुको चरित्रहत्या हुने खालका भिडिओ बनाउने दोलखाका एक सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरुले युट्युवमा भ्यूज कमाउन महिलाहरुको चरित्र हत्या हुने किसिमका अन्तर्वार्ता तथा फोटोहरू राखेर प्रसारण गर्ने गरेका थिए । पक्राउ पर्नेमा मोर्डन अनलाईन टिभिका संचालक २४ वर्षिय रोध तामाङ रहेका छन् । उनी दोलखा जिल्ला मेलुङ गाउँपालिका वडा नम्बर ४ घर भई हाल काठमाण्डौं गाकर्णेश्वर बस्दै आएका छन् । यस्तै दैनिक खबर नामक युट्युब च्यानलका प्रदीप भण्डारी, सरैचुली मिडिया युट्युव च्यानलका ३५ वर्षिय पिंकला कार्की, हरेक पलको खबर युट्युव च्यानलका संचालक २७ वर्षिय शिशिर अधिकारी र दैनिक खबर च्यानलका संचालक प्रदिप भण्डारीलाई पनि प्रहरीको साईबर व्युरोले पक्राउ गरेको छ । व्युरोका प्रवक्ता नविन्द अर्यालले ती युट्युबरले पीडित महिलाको तस्बिरसहित चरित्रहत्या हुने तथा प्रतिष्ठामा आँच पुग्ने खालका सामाग्री प्रसार गरेका कारण विद्युती कारोवार ऐनअनुसार पक्रउ गरिएको जानकारी दिए । पक्राउ परेकालाई बुधवारै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखा जिल्ला मेलुङ गाउँपालिकाका युटुबर काठमाडौमा पक्राउ"

Leave a comment

Your email address will not be published.


*