दोलखा जिल्ला भर बाँदर आतङक

ईश्वर बिश्वकर्मा चरिकोट,– भीमेश्वर नगरपालिका २ का हरिनारायण श्रेष्ठले खेतबारीमा लगाएको बालीनाली जीवजन्तुले खाई नष्ट गर्ने गरकोले कृषि कर्म छाड्ने भएका छन् ।
पछिल्लो समय बाँदर लगायतका जीवजन्तुले खेतबारीमा लगाएको फलफूल, अन्नबाली नष्ट गरि दुख दिन थालेपछि गरिरहेको कृषि कर्म छाड्ने अवस्थामा पुगेका हुन् ।
उनले भने “मेरो मात्र समस्या नभई जिल्लाकै समस्या हो । गाउँका अन्य किसानले पनि बाँदर सहित अन्य जंगली जीवजन्तुले अन्नबाली नष्ट गर्न थालेपछि अन्न उब्जनी हुने खेतबारी नै बाँझो राख्नुपर्ने अवस्था आएको छ । ” आफुले मिहिनेत गरि लगाएको अन्नबाली बांदरले नष्ट गरेकाले भीमेश्वर नगरपालिकामा समेत गत साता निवेदन दिएको पनि उनले बताए । उनले वन्यजन्तुले बालीनाली खाइदिएको जानकारी डिभिजन वन कार्यालय दोलखामा जानकारी दिइएको भएपनि कुनै सुनुवाई नभएको बताए । श्रेष्ठले करिब ५ बर्ष अघिदेखि ४ वटा पोखरी निर्माण गरि माछा पालन गरेको भए पनि सर्प, बकुल्ला त अन्य चराहरुले माछा खाइदिई नष्ट गरेको बताए । त्यसैगरी सुन्तला खेती, केरा खेती गरेको भएता पनि बाँदरले खाइदिएकाले चिन्तित हुदै कृषि कर्म छाड्ने छाड्नुपर्ने अवस्था आईपरेको बताए । त्यसैगरी मौरीपालन व्यवसाय सञ्चालन गरेका हरिनारायणले मौरी समेत मलिसाप्राले लखेटिदिएको बताए । आफु स्वेदशमै बसेर नमुना कृषि गर्न चाहेको भएपनि वन्यजन्तुले दुख दिन थालेपछि कृषि क्षेत्रमा गरेको लगानी खेर गएको श्रेष्ठ बताउँछन् । उनि भन्छन् “खेतबारी बाँझो राखेमा सरकारी पक्षबाट कारबाही गर्ने भन्छन्, तर कृषि क्षेत्रमा सँलग्न कृषकको पिडा सरकारले बुझ्दैन अनि भन्छ कृषिबाटै समृद्धि ल्याउँछौँ । नारामात्र फलाकेर हुने केही छैन । ” उनि अहिले ५० वर्षको भए । उनि बाँकी समय कृषि पेशामा नै बिताउँछन् तर त्यसको बाधक बन्यो वन्यजन्तु । उनलाई निराशा लाग्न थालेको छ । गाउँका सबै किसान पछिल्लो समयमा जंगली जनावर ले अन्नबाली नष्ट गरेकोले खेती गर्ने कि अन्य काम गर्ने दोधारमा परेका छन् । उनले पालेको गाइको बाच्छा समेत मलसाप्राले मारिदिएको थियो । सो बजारका किसानलाई विगत केही वर्षदेखि बाँदरले धेरै सास्ती दिन थालेको उनि बताउछन् । उनि भन्छन “बाँदरले अन्नबाली नष्ट गरेकोले बाँदर मार्न नमिल्ने भएपछि केही वर्षपछि मान्छे भोकै मर्नुपर्ने अबस्था आउने छ । बांदरलाई नभगाउने वा नमार्ने भए पछि किसानले खेतीयोग्य खेतबारी बाँझै राख्छन् । जसले गर्दा अन्न उब्जनी नभएपछि मान्छे भोकै मर्नुपर्ने अबस्था आउने छ ।” विगत केहि वर्षदेखि सदरमुकाम चरिकोट आसपासका क्षेत्रमा बाँदरको हुलले मानिसलाई सास्ती दिदैँ आएको छ । पछिल्लो समयमा भालुको आतङ्क समेत मच्चिएको छ । अधिकांश किसानहरूको हरेक वर्ष खाद्यवाली र केही तरकारी तथा नगदेवाली समेत वन्यजन्तुले क्षति पु¥याएको गुनासो किसानहरूले गर्दै आएका छन् । जिल्लामा पछिल्लो समय निकै नै दुम्सी, बाँदर, लोखर्के, भालु तथा चराचुरुङ्गी लगायतले सताउने गरेको किसानहरुले गुनासो गरेका छन् । वनमा वन्यजन्तुको व्यवस्थापनका कुरामा ख्याल नगर्दा वन्यजन्तुहरू किसानका खेतबारीमा पसेर बालीनाली नष्ट गर्ने, पशुपंक्षी मार्ने र घाइते बनाउने, मानिसहरूलाई समेत आक्रमण गर्नै घटनाहरू बढिरहेका छन् । जसले गर्दा किसान र वन्यजन्तुहरूबीचको द्वन्द्व बढिरहेको सरोकारवालाहरु बताउछन् ।जंगलको छेउँछाउँका खेतबारी र बस्तीहरूमा विभिन्न किसिमका वन्यजन्तुहरू पसेर दुःख दिएको नयाँ घटना नभएपनि पछिल्लो समयमा यो जटिल समस्या बनिरहेको छर ।

Shares

Be the first to comment on "दोलखा जिल्ला भर बाँदर आतङक"

Leave a comment

Your email address will not be published.


*