दोलखा जिल्ला बचत संघको रजत वर्ष तथा २२ औं वार्षिक साधारणसभा सम्पन्न

चरिकोट (अनिल दहाल) – दोलखा जिल्ला बचत संघको रजत वर्ष तथा २२ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । चरिकोटमा भएको साधारणसभा संघका अध्यक्ष भुमिराज खड्काको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । साधारण सभामा राष्ट्रिय सहकारी महासंघका संचालक तथा नेफ्स्कूनका निवर्तमान अध्यक्ष डिबी बस्नेतको ,बागमती प्रदेश सहकारी संघका महासचिव भिम प्रसाद दहाल, जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाई , जिल्ला बचत संघ दोलखाका पूर्व अध्यक्ष सुदर्शन कार्की लगायतले आफ्नो मन्तब्य ब्यक्त गरेका थिए । संघका कोषाध्यक्ष तेञ्जीङ शेर्पाले १३ करोड बराबरको आर्थिक प्रतिवेदन पेश गरेका थिए भने महासचिव अनिल श्रेष्ठले आगामी वर्षको निति तथा कार्यक्रम पेश गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि पोखरेलले अबको सहकारी अभियान उत्पादन र व्यवसाय केन्द्रित हुनुपर्ने बताउदै दोलखा जिल्ला सहकारीको अगुवा जिल्ला र बचत संघ मुलुककै नेतृत्वदायी संघ रहेको बताए । कार्यक्रममासंघको रजत जयन्ती स्मारिका समेत बिमोचन गरिएको थियो ।

 

 

 

Shares

Be the first to comment on "दोलखा जिल्ला बचत संघको रजत वर्ष तथा २२ औं वार्षिक साधारणसभा सम्पन्न"

Leave a comment

Your email address will not be published.


*