चरिकोट(दीस)ः दोलखा जिल्ला निर्माण व्यवसायी संघले सिमेन्ट लगायतका सामग्रीमा भएको मूल्यबृद्धि खारेज गर्न माग गरेको छ । बिहिवार प्रेस विज्ञप्ति जारी गर्दै संघले सो माग गरेको हो ।
ईन्धन कच्चा पदार्थ लगायतको मूल्य बृद्धि नहुँदा समेत कार्टेलिङगरी सिमेन्ट उद्योगहरुले एक महिनाको अवधिमा पटक पटक मूल्य बृद्धि गरेकोले सो मूल्य बृद्धि खारेज गर्न जिल्ला अध्यक्ष राजेश थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । सिमेन्ट लगायतका निर्माण सामग्रीमा गरिएको अस्वाभाविक मूल्य बृद्धि खारेज नगरिएमा देशैभर कन्सट्रक्सन होलीडे गर्न समेत निर्माण व्यवसायी संघ बाध्य हुने चेतावनी विज्ञप्तिमा दिइएको छ ।
Be the first to comment on "दोलखा जिल्ला निर्माण व्यवसायी संघले निर्माण सामग्रीमा भएको मूल्यबृद्धि खारेज गर्न माग"