दोलखा जिल्ला निर्माण व्यवसायी संघ दोलखामा नयाँ नेतृत्व चयन,अध्यक्ष थापा निर्वाचित

चरिकोट (दीस) ः दोलखा जिल्ला निर्माण व्यवसायी संघ दोलखामा नयाँ नेतृत्व चयन भएको छ । संघको अध्यक्षमा राजेश थापा निर्वाचित हुनु भएको छ । शनिबार भएको निर्वाचनमा उहाँका निकट्तम प्रतिद्धन्द्धी कृष्ण पाख्रिनलाई तीन मतले हराउदै उहाँ विजयी हुनु भएको छ । संघको नेतृत्वका लागि भएको निर्वाचनमा थापाले ९० मत पाउनु भएको थियो । उहाँका प्रतिस्पर्धी पाख्रिनले ८७ मत प्राप्त गर्नु भएको थियो । त्यसैगरी सँघको वरिष्ठ उपाध्यक्षमा छविलाल तामाङ निर्वाचित हुनु भएको छ । उहाँले प्रतिस्पर्धी हरी बहादुर श्रेष्ठलाई हराउदै विजयी हुनु भएको हो । तामाङले १ सय २ मत ल्याउँदा श्रेष्ठले ७३ मत ल्याउनु भएको थियो । प्रथम उपाध्यक्षमा ईन्द्रकुमार श्रेष्ठ विजयी हुनु भएको थियो । उहाँले ९४ मत ल्याउनु भएको थियो । उहाँ निकटम प्रतिस्पर्धी कृष्णबहादुर दाहालले ८२ मत प्राप्त गर्नु भएको थियो । यसैगरी, तृतीय उपाध्यक्षमा ६५ मतसहित रमेश तामाङ निर्वाचित हुनु भएको थियो । तृतीय उपाध्यक्षमा नै गणेशविक्रम शाहीले ६२ र नवराज श्रेष्ठले ४६ मत ल्याउनु भएको थियो । सँघको सचिवमा रोशन श्रेष्ठ ९२ मत प्राप्त गर्दै विजयी हुनु भएको छ । उहाँ निकटतम प्रस्सपर्धी अनिल श्रेष्ठले ८१ मत प्राप्त गर्नु भएको थियो । त्यसैगरी कोषाध्यक्षमा गणेशबहादुर थापा निर्वाचित हुनु भएको छ । उहाँ निकटतम प्रतिस्पर्धी किशोरकुमार लामाले ७४ मत प्राप्त गर्नु निर्वाचन समितिका संयोजक शम्भु गौतमले जानकारी दिनुभयो । निर्माण व्यवसायी संघको महासचिवमा लालबहादुर तमाङ द्धितीय उपाध्यक्षमा मनोज कुमार श्रेष्ठ र सहकोषाध्यक्षमा विष्णुप्रसाद उप्रेती निर्विरोध यस अघि नै निर्वाचित हुनु भएको थियो । कुल १सय ९२ सदस्य मतदाता रहेको संघमा १सय ८९ मत खसेको थियो। त्यसैगरी वरिष्ठ सदस्यमा भीष्म प्रकास खड्का निर्वाचित हुनु भएको छ ।उहाँले मान बहादुर थपलियालाई पराजित गर्दैै निर्वाचित हुनु भएको हो । त्यसैगरी कार्यसमिति सदस्यमा , प्रल्हाद खड्का, राजकुमार के.सी , गणेश थापा , पुरुषोत्तम ठकुरी, पुस्कर बहादुर कार्कीै विदुर ,भक्त बहादुर श्रेष्ठ, भरत खत्री ,मनिषा बस्नेत,रघुनाथ उप्रेती रोशन शर्मा काफ्ले र विपिन काफ्लेले विजयी हुनु भएको छ ।

Shares

Be the first to comment on "दोलखा जिल्ला निर्माण व्यवसायी संघ दोलखामा नयाँ नेतृत्व चयन,अध्यक्ष थापा निर्वाचित"

Leave a comment

Your email address will not be published.


*