दोलखा जिल्ला निर्माण व्यवसायी संघको अध्यक्ष पदका लागि ४ जनाको उम्मेद्वारी

चरिकोट (दीस) ः दोलखा जिल्ला निर्माण व्यवसायी संघको अध्यक्ष पदका लागि ४ जनाको उम्मेद्वारी परेको छ । अध्यक्ष पदका लागि पुर्व अध्यक्ष रामेश्वर उप्रेती , बर्तमान उपाध्यक्ष राजेश श्रेष्ठ , महासचिब राजेश थापा र पुर्व कोषाध्यक्ष कृष्ण पाख्रिनको उम्मेद्वारी परेको निर्वाचन समितिका सदस्य गोर्कण भण्डारीले जानकारी दिनु भयो । आज सर्वसहमत प्रयास गरिने निर्माण व्यवसायी संघ स्रोतले जनाएको छ । आज सर्वसहमति नभए भोली निर्वाचन गर्ने कार्यतालिका रहेको छ । संघको आठौ जिल्ला अधिवेशनको नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रबि सिंहले उद्घाटन गर्नु भएको थियो ।

Shares

Be the first to comment on "दोलखा जिल्ला निर्माण व्यवसायी संघको अध्यक्ष पदका लागि ४ जनाको उम्मेद्वारी"

Leave a comment

Your email address will not be published.


*