दोलखा जिल्ला अदालतद्वारा ४७ प्रतिशत मुद्दा फछ्र्योट

file photo

इश्वर बिश्वकर्मा
चरिकोट, भदौ १३
दोलखा जिल्ला अदालतले गत आर्थिक वर्ष २०७६÷ ०७७ मा ४७ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ ।
अदालतले ६७ प्रतिशत मुद्दा फछ्र्योट गर्ने लक्ष्य लिएकोमा ४७ प्रतिशत मात्र फछ्र्योट भएको अदालतले जनाएको छ ।
विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको कारण जारी बन्दाबन्दीले गर्दा लक्ष्य अनुसार मुद्दा फछ्र्योट नभएको अदालतका श्रेस्तेदार सुमनप्रसाद कुशवाहाले बताए ।

  ६७ प्रतिशत मुद्दा फछ्र्योट गर्ने लक्ष्य लिएकोमा ४७ प्रतिशत मात्र फछ्र्योट भएको अदालतले जनाएको छ ।

“फागुन मसान्तसम्म लक्ष्य अनुरुप मुद्दा फछ्र्योट भइरहेको थियो । बन्दाबन्दी पश्चात् लक्ष्य अनुसार मुद्दा फछ्र्योट हुन सकेन ।” उनले भने ।
जिम्मेवारी सरि आएको १ सय ९६ र नयाँ दर्ता भएको ३ सय ३९ थान गरि ५ सय २५ थान मुद्दा दर्ता भएका थिए । ति मध्ये २ सय ४१ थान फछ्र्यौट गरिएको उनले बताए । बाँकी २ सय ८४ थान चालु आवमा जिम्मेवारी सरी आएको छ ।
गत वर्ष सम्बन्ध विच्छेदको १ सय ५६ थान मुद्दा दर्ता भएका थिए । त्यसमध्ये ८९ थान फछ्र्यौट भएको र ६७ वटा चालु आवमा जिम्मेवारी सरि आएको अदालतले जनाएको छ । अदालतमा अन्य मुद्दाको तुलनामा सम्बन्ध विच्छेद, अंश मुद्दा, जालसाँजी, कर्तव्य ज्यान, करणी लगायतका मुद्दा धेरै थान दर्ता भएका छन् ।

Shares

Be the first to comment on "दोलखा जिल्ला अदालतद्वारा ४७ प्रतिशत मुद्दा फछ्र्योट"

Leave a comment

Your email address will not be published.


*