दोलखा जापान समाज अन्तर्गत कान्साई क्षेत्र स्तरीय भेला सम्पन्न

चरिकोट(दीस) ः दोलखा जापान समाजको शाखा अन्तर्गत कान्साई शाखाको भेला कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । आइतवार सो भेला सम्पन्न भएको हो ।
आईतवार जापानको कान्साई क्षेत्रमा रहेका दोलखालीहरुको भेलाले दोलखा जापान समाजको शाखाको रुपमा कान्साई क्षेत्रिय समिति गठन गरेको समितिका सदस्य रामचन्द्र गिरीले जानकारी दिनुभयो । उद्घाटन् सत्र पछि भएको बन्द सत्रले दोलखा समाज जापान क्षेत्रीय समिति कान्साईको पहिलो कार्यसमिती चुनेको छ ।
अन्जान कुमार बस्नेत को अध्यक्षमतामा गठित कार्यसमितिका पदाधिकारीहरुमा उपाध्यक्ष मिलन बुढाथोकी, सचिब भिमसेन सुबेदी ,सहसचिव सपना घिमिरे ,कोषाध्यक्ष सबिना बुढाथोकी तथा सहकोषाध्यक्षमा सम्झना बस्नेत रहनु भएको छ । यसैगरी सदस्यहरुमा मिलन अधिकारी,राजेश नेपाली,यूवराज उप्रेती,प्रकृती श्रेष्ठ,मनिषा अधिकारी, सुदिप शिवाकोटी तथा सरु कार्की रहनु भएको छ ।

Shares

Be the first to comment on "दोलखा जापान समाज अन्तर्गत कान्साई क्षेत्र स्तरीय भेला सम्पन्न"

Leave a comment

Your email address will not be published.


*