चेम्बर अफ कमर्श दोलखाद्धारा स्थापना दिवसको अवसरमा विभिन्न कार्यालयलाई प्रशांसा पत्र प्रदान

चरिकोट (दीस) – चेम्बर अफ कमर्श दोलखाले आफनो ७० औ स्थापना दिबसको अबसरमा कोभिड १९ नियन्त्रणमा अग्रपंङक्तिमा खटिने  दोलखाका सरकारी कार्यालय तथा दोलखाका सुरक्षा निकायलाई आज प्रशांसा पत्र दिएको छ ।कमर्शले दिबसको अबसरमा दोलखामा महामारीकाे बेला अग्रपंङक्तिमा काम गर्ने जिल्ला प्रशासन कार्यालय दाेलखा  , भिमेश्वर नगरपालिका ,स्वास्थ्य कार्यालय ,नेपाली सेनाकाे तारादल गण , सशस्त्र प्रहरी तथा नेपाल प्रहरीलाई सो प्रशांसा पत्र  हस्तान्तरण गरेको हाे । जिल्ला प्रशासन कार्यालय दोलखामा  एक समारोहका बिच ४ वटा कार्यालयका प्रमुखलाई सो प्रशांसा पत्र हस्तान्तरण गरिएकाे िथयाे । । त्यसैगरी भिमेश्वर नगरपालिका तथा स्वास्थ्य कार्यालयलाई अाज नै सोही कार्यालयमा नै गएर  सो प्रशांसा पत्र हस्तान्तरण गरेको छ । । जिल्ला प्रशासन कार्यालय दाेलखाको प्रशांसा पत्र बुझदै प्रमुख जिल्ला अधिकारी रमेश शिबाकोटीले कोभिड नियन्त्रण गर्न सबैलाई हातोमालो गरेर अगाडी बढ्न आग्रह गरे । कमर्श दोलखाका अध्यक्ष बिस्णु श्रेष्ठले कोभिडको कारण कार्यालयमा नै गएर कदर पत्र प्रदान गरेको बताए । सो कार्याक्रममा अध्यक्ष विष्णु श्रेष्ठ , महासचिब पाण्डब सिंह पाँडे, सचिब रुद्रजङग बुढाथोकी तथा कार्यसमितिका पदाधिकारीको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "चेम्बर अफ कमर्श दोलखाद्धारा स्थापना दिवसको अवसरमा विभिन्न कार्यालयलाई प्रशांसा पत्र प्रदान"

Leave a comment

Your email address will not be published.


*