दोलखा चेम्बरले ग¥यो सरसफाई

चरिकोट(दीस) ः दोलखा चेम्बर अफ कमर्सले दोलखा महोत्सव आयोजना स्थलको सरसफाई गरेको छ । विहिवार चेम्बरले महोत्सव आयोजना स्थल भीमेश्वर रंगशालाको सरसफाई गरेको हो ।
भीमेश्वर रंगशालामा रहेका प्लास्टिक जन्य तथा अन्य फोहोरहरुको सरसफाई गरिएको दोलखा चेम्बर अफ कमर्सका उपाध्यक्ष रुद्रजंग बुढाथोकीले जानकारी दिनुभयो । बजार सिंगार्न टाँगिएका तोरणहरु पनि हटाइने दोलखा चेम्बर अफ कमर्सले बताएको छ । दोलखा चेम्बर अफ कमर्सको आयोजनामा फागुन १९ देखि २९ गतेसम्म दोलखा महोत्सव भएको थियो ।

Shares

Be the first to comment on "दोलखा चेम्बरले ग¥यो सरसफाई"

Leave a comment

Your email address will not be published.


*