दोलखा कारागारबाट सात कैदीबन्दी रिहा

bdr

दीक्षण समाचार
चरिकोट, असोज ३
विभिन्न अपराधिक गतिविधिमा संलग्न भई दोलखा कारागारमा कैदीबन्दी जीवन बिताइरहेका सात जना जेलमुक्त भएका छन् । संविधान दिवसको अवसरमा सरकारले असलचालचलन भएका कैदीबन्दीलाई रिहा गर्ने निर्णय गरेसँगै दोलखा कागागारबाट सिफारिस भएका सात जना रिहा भएका हुन् । बाँकी कैद मिनाहा भएका चार र सजाय माफी भएका तीन जना गरी सात जना रिहा भएका हुन् ।
बैतेश्वर गाउँपालिका वडा नं. ४ का केदारप्रसाद दाहाल, तामाकोशी गाउँपालिका वडा नं. १ का नरहरी बिश्वकर्मा, कालिञ्चोक गाउँपालिका वडा नं. २ का विशाल कार्की र रामेछापका निरबहादुर कार्कीको कैद मिनाहा भएपछि रिहा भएका छन् । यस्तै सजाय माफी पाएका बैतेश्वर गाउँपालिका वडा नं. ३ का अम्बर बहादुर तामाङ, मार्बुका पदमबहादुर श्रेष्ठ र श्यामबहादुर श्रेष्ठ कारागार मुक्त भएका कारागार प्रशासनले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखा कारागारबाट सात कैदीबन्दी रिहा"

Leave a comment

Your email address will not be published.


*