दोलखा कांग्रेसको बैठकमा खरीढुङ्गाको विषयमा उठेपछि

फाइल तस्बिर

दीक्षण समाचार
चरिकोट, साउन ४
नेपाली कांग्रेस जिल्ला कार्य समिति दोलखाको पदाधिकारी बैठकले विभिन्न निर्णय गरेको छ । मंगलबार पार्टी कार्यालयमा सभापति बर्मा लामाको अध्यक्षतामा पार्टी कार्यालयमा सम्पन्न बैठकले चार वटा निर्णय गरेको हो । स्थानीय तहको निर्वाचनको समीक्षाका लागि साउन २८ गते बैठक गर्ने, २१ गते स्कुल अफ डेमोक्रेसीको आयोजनामा स्थानीय सरकार सञ्चालन र समन्वय सम्बन्धी प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरिएको छ । त्यसैगरी ४० औँ विपी स्मृति दिवसको अवसरमा साउन ६ गते कालिञ्चोक माविको प्राङ्गणमा वृक्षारोपण गर्ने र बन्द अवस्थामा रहेको नेपालको सबै भन्दा ठूलो म्याग्नेसाइट खरी ढुंगा उद्योगलाई पुनः सञ्चालनमा ल्याउनको लागि नेपाली कांग्रेस दोलखाको पहलमा सर्वदलीय, सरोकार पक्षसँग छलफल गर्न उपयुक्त समयमा बैठक आव्हान गर्ने निर्णय गरिएको प्रवक्ता राकेश श्रेष्ठले बताउनुभयो ।

Shares

Be the first to comment on "दोलखा कांग्रेसको बैठकमा खरीढुङ्गाको विषयमा उठेपछि"

Leave a comment

Your email address will not be published.


*