दोलखा एमालेले विपद् कोषको स्थापना गर्ने

चरिकोट (दीस) ः नेकपा एमालेले जिल्ला भित्र विभिन्न विपद्मा तथा प्रकोपमा परेकाहरुका लागि सहयोग पुगोस भन्ने उदेश्यले विपद् कोषको स्थापना गर्ने भएको छ । एमालेको शनिबार दोलखा सदरमुकाम चरिकोटमा बसेको जिल्ला कमिटीको तेस्रो बैठकले सो निर्णय गरेको हो । बैठकले जिल्ला भित्र विपद्को बेला तत्कालका लागि राहत पुगोस् भनेर यो कोषको स्थापना गर्ने निर्णय गरेको नेकपा एमालेका प्रचार विभाग प्रमुख हरी ओलीले जानकारी दिनु भयो । उहाँका अनुसार बैठकले मतदाता संख्याको १० प्रतिशत संगठित सदस्य बनाउन पार्टीका तल्लो कमिटीलाई निर्देशन दिएको छ । नागरिकसँग जोडिएर काम गर्न आफ्ना कार्यक्रतालाई बैठकले निर्देश गरेको जनाइएको छ । नेकपा एमाले दोलखाले पार्टीका नयाँ इन्चार्जलाई स्वागत तथा पुराना इन्चार्जलाई सम्मान सहित बिदाई गरेको छ । शुक्रबार चरिकोटमा स्वागत कार्यक्रमको आयोजना गर्दै एमालेले हालै दोलखाको ईन्चार्जको जिम्मेवारी पाउनु भएका पार्वत गुुरुङ र प्रदेश इन्चार्ज राजन भट्टराईलाई स्वागत गरेको छ ।
त्यसैगरी दोलखाको इन्चार्जको जिम्मेवारीमा रहनु भएका कमल चौलागाईलाई सम्मान सहित बिदाई गरेको छ । हाल दोलखाको इन्र्चाज रहेका चौलागाईले आफु इन्र्चाज रहदा गरेका कामका सन्र्दभमा पार्टीका नयाँ इन्र्चाज पार्वत गुरुङलाई प्रतिवेदन हस्तान्तरण गर्नु भएको थियो । एमालेको केन्द्रीय कमिटीको बैठकले जिल्ला इन्र्चाज तथा प्रदेशको इन्र्चाज हेरफेर गरेको छ । विगतमा पनि दोलखाको पार्र्टी इन्र्चाजको जिम्मेवारीमा रहनु भएका गुरुङलाई यस अघि चितवन जिल्लाको इन्र्चाज एमालेले बनाएको थियो । एमालेले बाहिरी जिल्लाका नेतालाई इन्र्चाज बनाउने नीति हटाउँदै जिल्ला भित्रका नेतालाई पार्टीको इन्र्चाज बनाउने नीति बनाएसँगै दोलखाको इन्र्जाज पार्वत गुरुङलाई बनाएको हो । जिल्ला कमिटीको बैठकमा गूरुङले पार्टी निर्माणमा लाग्न आफ्ना मातहतका कमिटीलाई निर्देशन दिनु भएको थियो।
एमालेका अध्यक्ष नर बहादुर श्रेष्ठको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा बक्ताहरुले पार्टीको संगठन सुधार गर्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनु भएको थियो । अगामी निर्वाचनमा एमालेलाई जिल्लाको पहिलो पार्टी बनाउनकोलागि सबै जना एक जुट भएर लाग्नु पर्ने बताउनु भएको थियो ।आफ्नो क्षेत्रबाट सबैले काम गरे आगामी निर्वाचनमा एमाले दोलखाको प्रमुख पार्टी बन्ने उहाँहरुको भनाई रहेको छ । कार्यक्रममा प्रदेश इन्र्चाज राजन भट्टराई , इन्चार्ज पार्वत गुरुङ, वागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल, पुुर्व इन्चार्ज कमल चौलागाई, प्रदेश कमिटी सदस्य भरत बहादुर केसी लगायतले मन्तब्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा एमालेका बागमती प्रदेश कमिटी सदस्य, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य , पालिका कमिटीका तथा वडा कमिटीका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

 

Shares

Be the first to comment on "दोलखा एमालेले विपद् कोषको स्थापना गर्ने"

Leave a comment

Your email address will not be published.


*