दोलखा उद्योग वाणिज्य संघमा श्रेष्ठ र बस्नेतको प्यानल विच प्रतिस्पर्धा हुने (सदस्यको नामावली सहित )


चरिकोट ः दोलखा उद्योग वाणिज्य संघको अधिवेशनमा वर्तमान अध्यक्ष ईन्द्र बहादुर श्रेष्ठ र कार्य समिति सदस्य दिनेश बस्नेतको प्यानल विच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षका उम्मेद्वारद्वय श्रेष्ठ र बस्नेत दुवैजनाले बुधवार प्यानल नै बनाएर उम्मेद्वारी दर्ता गरेपछि दुई पक्ष् ाविच प्रतिस्पर्धा हुने भएको हो ।
निर्वाचन समतिमा अध्यक्षमा ईन्द्र बहादुर श्रेष्ठ तथा दिनेश बस्नेतले उमेद्वारी दिएका छन् । श्रेष्ठको प्यानलबाट सदस्य पदमा उमेद्वारी दिने हरुमा सनत थापा, विमल श्रेष्ठ,नारायणबहादुर श्रेष्ठ, नवराज रिजाल, सुवास श्रेष्ठ, सुरेन्द्र उप्रेती, सम्राट मानन्धर, मनोजकुमार श्रेष्ठ, कल्पना श्रेष्ठ, प्रविन श्रेष्ठ, अनिता श्रेष्ठ, रामशरण बस्नेत, राधाकृष्ण कार्की,दिनेश श्रेष्ठ लगायतका छन् ।
यस्तै ,बस्नेतको प्यानलबाट उमेद्वारी दिनेहरुमा हिमालप्रसाद न्यौपाने, दिनेश पाठक, अनिल रिजाल,श्यामप्रसाद उप्रेती, नविना तामाङ, नविन नेपाली , बलराम थापा, श्यामकृष्ण कायस्थ, राजन थापा,सुरेस उप्रेती , राजु प्रधान, श्याम सुन्दर शिवाकोटी, रामकुमार खड्का, चक्रबहादुर घतानी, यादव दहाल तथा गीता प्रसाद दहाल रहेका छन् ।
केही दिनदेखि सर्वसम्मतिको प्रयास भएपनि पदीय भागबन्डा नमिल्दा निर्वाचनमा जाने अवस्था आएको दोलखा उद्योग बाणिज्य संघ स्रोत बताएको छ । फागुन १३ गते अध्यक्ष तथा सदस्यहरुको निर्वाचन हुने कार्यतालिका रहेको निर्वाचन अधिकृत सरोज उप्रेतिले बताउनु भयो । अध्यक्षबाहेकका अन्य पदाधिकारी निर्वाचित कार्य समितिले मनोनित गर्ने ब्यवस्था विधानमा रहेको दोलखा उद्योग वाणिज्य संघले बताएको छ ।

Shares

Be the first to comment on "दोलखा उद्योग वाणिज्य संघमा श्रेष्ठ र बस्नेतको प्यानल विच प्रतिस्पर्धा हुने (सदस्यको नामावली सहित )"

Leave a comment

Your email address will not be published.


*