दोलखा उद्योग वाणिज्य संघको भावि नेता को ?

दीक्षण समाचार
चरिकोट, ५ बैशाख
दोलखा उद्योग वाणिज्य संघको ३ वर्षदेखिको विवाद मिलेको छ । विवाद मिलेसँगै ३ वर्षपछि बैठक बसेर २२ औं साधारण सभा तथा अधिवेसनको नयाँ मिति समेत तोकेका छन् । अध्यक्ष सुन्दर कार्कीले बैशाख २१ गतेका लागि साधारण सभा तोके तर अर्को पक्षले पनि नयाँ मिति तोक्ने गृहकार्य गरेपछि जिल्ला प्रशासन कार्यालय र अन्य पक्षको समन्वयमा पटक पटकको छलफलपछि दुवै पक्ष मिल्न सहमत भए । तर नयाँ मिति तोकियो बैशाख २८ गते साधारण सभा गर्ने गरी सहमती भएको छ ।
सहमति अनुसार सदस्यता नवीकरण नभएका ५३ जना सदस्यका लागि आवश्यक कागजात पु¥याउन १५ दिनको समय दिने सहमतिपछि दुवै पक्ष मिलेका हुन् । दुवै पक्ष मिलेर साधारण सभा हुने भएपछि फेरि नयाँ नेतृत्वका लागि अड्कलबाजी सुरु भएको छ ।
निजी क्षेत्रको अग्रणी संस्था अध्यक्ष पदको विवादले गर्दा दोलखा उद्योग वाणिज्य संघ ३ वर्ष निष्कृय जस्तै भयो । अध्यक्ष सुन्दर कार्कीले आफूलाई ३ वर्षसम्म काम गर्ने वातावरण नै नदिएको गुनासो गर्दै आएका छन् । तर कार्की इतरको टोलीले अध्यक्ष कार्कीले कामै गर्न नसकेको आरोप लगाउँदै आएको छ । तर आखिर जे भए तापनि अध्यक्ष पदमा १ मतको अन्तर भएपछि मुद्धा गर्दै डेढ वर्ष वित्यो भने अर्को डेढ वर्ष पदाधिकारी बीचको विवादले बैंक खाता समेत सञ्चालन हुन सकेन ।
अबको नेता को होला ?
एमाले र माओवादी बीचको पार्टी एकीकरणपछि नेकपा पक्ष आफूलाई सुरक्षित दाबी गर्दै आएको छ । दोलखा उसैपछि कम्युनिष्ट किल्ला त्यसमा पनि दुई पार्टी मिलेकाले दोलखा उद्योग वाणिज्य संघ सजिलै जित्नेमा ऊ ढुक्क छ । ३ वर्ष अघि भएको निर्वाचनमा माओवादी पक्षले रामेश्वर मानन्धरलाई सघाउने सर्कुलर गरेको थियो । तर केही सदस्यहरुले त्यसलाई उलंखन गर्दै तत्कालिन एमाले पक्षीय उम्मेद्वार सुन्दर कार्कीको पक्षमा खुलेर लागेका थिए ।
अहिले पनि नेकपा पक्षले कार्कीले ३ वर्षमा काम गर्न नपाएकाले उसैलाई मौका दिनु पर्ने र बलियो उम्मेद्वार पनि उनै हुने अड्कलबाजी छ । तर कार्कीले भने आफू उम्मेद्वार नबन्ने र सर्वसम्मत नेतृत्व चयनका लागि आफू लाग्ने बताउँदै आएका छन् । त्यस्तै कार्की इतरको पक्ष प्रथम उपाध्यक्ष दिनेश थापा नेतृत्वको समूहले पनि आफूलाई बलियो भएको दाबी गर्दै आएको छ । अघिल्लो निर्वाचनमा माओवादी पक्षले सघाउने सहमति गरे तापनि आधाभन्दा बढीले सुन्दरलाई नै सहयोग गरेकाले आफ्नै पक्ष बलियो दाबी गर्दै आएको छ । तर यस पटक जिरीका व्यवसायीहरु मतदान प्रक्रियामा सहभागी हुन पाउँने छैनन् ।
थापा पक्षले वर्तमान महासचिव इन्द्र श्रेष्ठलाई अध्यक्षको उम्मेद्वार बनाउने संभावना बढेर गएको छ । दुवै पक्षलाई मिलाउनेमा पनि श्रेष्ठले भूमिका खेलेका थिए । तर पूर्व अध्यक्ष रामेश्वर मानन्धर अहिले विदेश भएकाले उनी फर्केर आएपछि थप छलफल गरेर अघि बढ्ने उनी पक्षका एक सदस्यले जानकारी दिए ।
३ वर्ष अघि भएको निर्वाचनमा अध्यक्ष पदमा कार्कीले रामेश्वर मानन्धरभन्दा १ मतको अन्तरमा विजयी भएका थिए । मतगणना पुनः गर्न मानन्धर र कार्कीको मुद्दा सर्वोच्चसम्म पुगेको थियो । मानन्धर समूहले कार्कीलाई अध्यक्ष अस्वीकार गर्दै दिनेश बस्नेतलाई कार्यबाहक अध्यक्ष घोषणा गरेको छ । प्रत्यक्ष निर्वाचित मध्ये अध्यक्ष सहित १५ सदस्य मध्ये १२ जना मानन्धर पक्षमा १२ जना सदस्यहरु रहेका छन् भने कार्की पक्षमा ३ जना । मनोनित २ जना सदस्य भने दुवै पक्षले गरेका छन् ।

Shares

Be the first to comment on "दोलखा उद्योग वाणिज्य संघको भावि नेता को ?"

Leave a comment

Your email address will not be published.


*