दोलखा उद्योग वाणिज्य संघको पहलमा ५ सय जना पर्यटकलाई स्थानीयको घरमा व्यवस्थापन

श्रृजनकुमार घिमिरे
चरिकोट,
दोलखा पछिल्लो समय पर्यटकको रोजाईमा पर्न थालेको छ । शुक्रवार कालिञ्चोक दर्शन र भीमेश्वरका लागि आएका पर्यटकहरुले होटल भरिएपछि धेरै पर्यटक सडकमै बस्नु पर्ने स्थिति उत्पन्न भयो ।
कालिञ्चोकको कुरीमा होटल नपाएपछि धेरै पर्यटक चरिकोट फर्किए तर चरिकोटमा पनि नपाएपछि बजारमा भौतारिएका पर्यटक देखेर स्थानीयहरुले घर घरमा लगेर पर्यटकलाई बास दिए । साँझ ८ बजेपछि बजारभर धेरै मान्छे भौतारिएको देखेपछि दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्की सहितका टोली सातदोबाटो चोकमै बसेर सामाजिक सञ्जाल मार्फत पर्यटकको सक्दो सेवा गरौं भन्दै अभियान नै चलाए ।
शुक्रबार रातमा ५ सयभन्दा बढीलाई स्थानीयले बास दिन सफल भएको अध्यक्ष कार्कीले बताए । सामाजिक सञ्जालमा अभियान चलाएपछि चरिकोटका स्थानीयहरु आफैं फोन गर्दै मेरो घरमा यति जनालाई ठाउँ दिन सकिन्छ भन्दै चोकमै लिन आएको उनले जानकारी दिए । होटल नपाए तापनि बाहिरै अलपत्र हुन भने चरिकोटबासीले नदिएको उनले बताए ।
शुक्रबार चरिकोट र कालिञ्चोकमा मात्र १० हजार बढी पर्यटक भित्रीएका थिए । ५ हजारबढीलाई कुरीका होटलले बासको व्यवस्थापन गरे । चरिकोटमा ५ हजार पर्यटक बसे । धेरैले होटलको अग्रिम बुकिङ गरेर आउनेले सेवा पाए तर नयाँ आउनेले दुःख पाएको बताए ।
पर्यटकको सेवाका लागि स्थानीयहरु र होटल व्यवसायीले राती १ बजेसम्म सेवा गरे । हिउँदमा शुक्रबार र शनिबार दोलखामा पर्यटकको चाप बढ्छ । पर्यटक बढेसँगै होटलहरुको संख्या समेत वृद्धि हुँदै छ । केही महिना भित्रै थप एक हजार पर्यटकलाई सेवा पु¥याउन सक्ने गरी होटलहरु निर्माण भइरहेको व्यवसायीहरुको भनाई छ ।
कालिन्चोकमा होटल व्यवसाय गर्दै आएका सुनापाती होटलका संन्चालक हरि ओली जनवरी लागेसँगै दोलखको कुरीमा होटलमा राम्रो व्यापार भएको बताए । शुक्रबार मात्र कुरीमा ५ हजार पर्यटकले कुरी मा बसेको ओलीले बताए । मंगलबारसम्मका लागि कुरीका सवै होटल बुकिङ भएको उनको भनाई रहेको छ । त्यसैगरी दोलखाको सदरमुकाम चरिकोटमा होटल व्यवसाय गदै आएका कृत्रि होटलका संन्चालक देव कृष्ण थापाले पछिल्लो समय दोलखामा पर्यटकको रोजाईमा पर्ने थालेको बताए ।
पछिल्लो सयम दोलखाको धार्मिक स्थल कुरीमा केबल कार वनेसँगै पर्यटकको रोजाईमा परेको छ । केलबकार निर्माण सँगै तथा दोलखाको उच्च भागमा हिँउ परे सँगै पर्यटकाको रोजाई परेको छ । चरिकोट र कुरीमा होटल भरिएपछि व्यवसायीहरुकै पहलमा साँझदेखि थप आउने गाडीहरुलाई मुडे र मन्थलीमै बास राखेका थिए ।

गाडी पनि थपियो
काठमाडौंदेखि कालिञ्चोकका लागि दैनिक एउटा बस सेवा सञ्चालनमा छ । तर शुक्रबार ३ वटा बस काठमाडौंबाटै थप्नु परेको व्यवसायीहरुको भनाई छ । धेरैजसो पर्यटकहरु आफैं बस र साना गाडी लिएर आउँछन् ।
कालिञ्चोकका लागि शनिबार विहान मात्र ५ वटा गाडी चरिकोटबाट पठाएको रोल्वालिङ यातायात सहकारी संस्थाका सचिव शान्तिप्रसाद ओलीले जानकारी दिए । “अरु दिनमा गाडी खर्च उठ्नै धौधौ पर्छ” उनले भने “शुक्रबार एक्कासि पर्यटकहरु बढेकाले गाडी थपिएको हो ।” कालिञ्चोकमा हिउँ परेको हल्ला, सडक सुधार हुनु र काठमाडौंमा जाडो विदा परेकाले पनि कालिञ्चोकमा आन्तरिक पर्यटक बढेको व्यवसायीहरुको अनुमान छ ।

Shares

Be the first to comment on "दोलखा उद्योग वाणिज्य संघको पहलमा ५ सय जना पर्यटकलाई स्थानीयको घरमा व्यवस्थापन"

Leave a comment

Your email address will not be published.


*