दोलखा उद्योग वाणिज्य संघद्धारा प्रमुख जिल्ला अधिकारीलाई स्वागत

चरिकोट(दीस) ः दोलखा उद्योग वाणिज्य संघले हालै दोलखा सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालाई स्वागत गरेको छ । बुधबार संघले आफ्नै भवनमा प्रमुख जिल्ला अधिकारीलाई स्वागत गरेको हो ।
सरुवाभई आउनु भएका प्रमुख जिल्ला अधिकारीलाई दोलखा उद्योग वाणिज्य संघले स्वागत कार्यक्रमको आयोजना गरी कार्यकालको सफलताको शुभकाना ब्यक्त गरेको दोलखा उद्योगवाणिज्य संघका सचिव सुरेस उप्रेतिले जानकरी दिनुभयो । स्वातग कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी धमलाले ब्यापारी देखेर कर्मचारी तर्सने तथा कर्मचारी देख्दा ब्यापारी तर्सने बतावरणको अन्त्य गरी ब्यापार ब्यावसाय बढाउने तर्फ ब्यावसायीहरु लाग्नुपर्नेमा जोड दिनु भएको थियो । निजीक्षेत्र देशको अर्थतन्त्रको स्तम्भ भएकोले प्रशासन निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उहाँको भनाई थियो । कार्यक्रम दोलखा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष दिनेश पाठकको सभापतित्वमा सम्पन्न भएको थियो ।कार्यक्रममा द्धितिय उपाध्यक्ष विमल श्रेष्ठ , महासचिब सुरेश उपे्रती दोलखाका अग्रज पत्रकार शम्भु गौतमले मन्तव्य ब्यक्त गर्नु भएको थियो ।

Shares

Be the first to comment on "दोलखा उद्योग वाणिज्य संघद्धारा प्रमुख जिल्ला अधिकारीलाई स्वागत"

Leave a comment

Your email address will not be published.


*