दोलखा उद्योग बाणिज्य संघले ग¥यो –प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई स्वागत

चरिकोट– दोलखामा भर्खरै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक र प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बासुदेब पाठकको स्वागत गरिएको छ । दोलखा उद्योग बाणिज्य संघले उनीहरुलाई स्वागत गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पाठकले सुशासन कायम गर्न सबै मिलेर अगाडी बढ्नु पर्नेमा जोड दिए । राजनितिक रुपमा देशमा स्थीरता कायम भएकोले सुशासनको अनुभुती जनताले पाउने गरी काम गर्ने पाठकले  बताए । दोलखामा अपराध नियन्त्रण गर्न होटल ब्यबसायीहरुलाई ग्राहक परिचयपत्र लिएर होटलमा राख्न प्रमुख जिल्ला अधिकारी पाठकले अनुरोध गरे । पाठकले घरेलु मदिरा नियन्त्रण गरे मात्रै अपराध नियन्त्रण हुने भएकाले घरेलु मदिरा नियन्त्रण गर्ने कार्य योजना रहेको बताए । त्यसै प्रहरी प्रमुख पाठकले दोलखामा सुरक्षाको अनुभुती दिलाउने बताबरण बनाउने प्रत्तिबदता जनाए ।
उद्योग बाणिज्य संघ दोलखाका अध्यक्ष सुन्दर कार्कीले समृद्ध दोलखा निर्माणमा मिलेर अघि बढ्न आग्रह गरेका थिए । व्यबसायीक वाताबरण बनाउन सबै निकायको सहकार्य आबस्यक रहेको अध्यक्ष कार्कीको भनाई रहेको छ । चरिकोटलाई सुरक्षित बनाउन संघले बजार क्षेत्रमा सिसि क्यामारा राख्न सबै व्यबसायीलाई अनुरोध गरेको उनले बताए । कार्यक्रममा दोलखा उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष दिनेश बस्नेत लगायत दोलखाका पत्रकार ,ब्यबसायिको उपस्थिति रहेको थियो ।

Shares

Be the first to comment on "दोलखा उद्योग बाणिज्य संघले ग¥यो –प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई स्वागत"

Leave a comment

Your email address will not be published.


*