दोलखा अदालतले ग¥यो आफ्ना कर्मचारीलाई सम्मान

बाबुराम शर्मा
चरिकोट, भदौ २२
१९ औँ निजामती कर्मचारी दिवसका असरमा दोलखा जिल्ला अदालतले आफ्ना कर्मचारीलाई सम्मान गरेको छ । व्यावसायिक र सिर्जनशील प्रशासन,विकास, समृद्धि र सुशासन मूल नाराका साथ अदालतमा आयोजित सम्मान कार्यक्रममा उत्कृष्ट कार्य सम्पादन गरेबापत सात जनालाई सम्मान गरिएको अदालतका श्रेस्तेदार शिवकुमार पोखरेलले बताउनु भयो ।
कदरपत्र सहित सम्मानित हुनेहरुमा नायब सुब्बाहरु विमोचन अधिकारी, जयप्रकाश घिमिरे र रमेश दुलाल हुनुहुन्छ । त्यसै गरी तामेलदार डिठ्ठा ईश्वरकुमार चौलागाईँ, डिठ्ठा ईन्दिरा घिमिरे, कार्यालय सहयोगी द्धय शङकर श्रेष्ठ र ईश्वरी काफ्ले हुनुहुन्छ । सम्मानित हुनेहरुलाई जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले कदरपत्र प्रदानले गर्नु भएको थियो ।

Shares

Be the first to comment on "दोलखा अदालतले ग¥यो आफ्ना कर्मचारीलाई सम्मान"

Leave a comment

Your email address will not be published.


*