दोलखाली सर्जकहरुको पुस्तक र डाँडाको लाँकुरीकाे विमोचन

काठमाडौ , ११ मंसिर– दोलखाली सर्जकका दुई पुस्तक राजधानी काठमाण्डौमा विमोचन भएका छन् । पुस्तकको राजधानीमा आयोजित एक समारोहका बिच सूचना प्रविधी तथा सञ्चार मन्त्री पार्वत गुरुङले  विमोचन गरेका छन् । विष्णु लक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले प्रकाशन गरेको दोलखाली सर्जकहरुको पुस्तक समिक्षा समावेस गरिएको दोलखाली सर्जक पुस्तक समिक्षा र बुक हिलद्धारा प्रकाशित कवि एम. बी. खड्काको कविता संग्रह डाँडाको लाँकुरीकाे सार्वजनिक गरिएको हो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले कुनै व्यक्ति वा समूहको स्वार्थका निम्ति सरकारको नेतृत्व परिवर्तन नहुने प्रष्ट पारेका छन् । मन्त्री गुरुङले कोरोना महामारी जस्तो संकटका समयमा सरकारको नेतृत्व गरेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद हुनु दुःखद् भएको बताए । ‘सरकारले जनताको भावनाअनुसार जनता, राष्ट्र र राष्ट्रियताको पक्षमा काम गरिरहेको छ, यस बेलामा सकारात्मक सोचका साथ सरकारलाई सहयोग गर्न आग्रह गर्दछु,’ मन्त्री गुरुङको भनाई थियो ।कार्यक्रममा मन्त्री गुरुङले दोलखा जिल्लास्थित ‘दोलखा फिल्मी सिटी’ को संस्थागत विकासमा सरकार लागिपर्ने प्रतिबद्धता पनि जनाए । सो अवसरमा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले दोलखा साहित्य समृद्धिका लागि अनुपम थलो भएको बताउँदै त्यसलाई थप उचाइमा पु¥याउन सरकारसँग आग्रह गरे । साहित्यकार एमबी खड्काद्वारा लिखित ‘डाँडाको लाँकुरी’ कवितासङ्ग्रहमा ५० कविता समाविष्ट छन् । त्यसैगरी ‘दोलखाली सर्जक’ मा २४ पुस्तकमाथिका समीक्षा संलग्न छन् ।

। पुस्तक सार्वजनिक कार्यक्रममा दोलखाली सर्जक र सञ्चारकर्मीको जमघट रहेको थियो ।

Shares

Be the first to comment on "दोलखाली सर्जकहरुको पुस्तक र डाँडाको लाँकुरीकाे विमोचन"

Leave a comment

Your email address will not be published.


*