दोलखाली राखे छिटो सगरमाथा आरोहणको नयाँ रेकर्ड

चरिकोट –दोलखाको बिगु गाउँपालिका वडा नम्बर १, लामाबरका लीलाबहादुर बस्नेत सगरमाथा चुचुरो चुमेर सातै दिनमा काठमाडौं ओर्लिएका छन् । सगरमाथा आरोहणका लागि बस्नेत ७ दिन अघि मात्र सगरमाथा बेसक्याम्पतिर लागेका थिए ।बस्नेतले सबैभन्दा छोटो समयमा सगरमाथा आरोहण गरी नयाँ रेकर्ड राखेका छन् । सगरमाथा आरोहणका लागि काठमाडौंबाट हिडेको सातै दिनमा सगरमाथाको चुचुरोमा पुगेर फर्केका हुन् । काठमाडौंबाट हिडेकै यति छोटो समयमा सगरमाथा चुचुरोमा पुग्ने उनी पहिलो व्यक्ति हुन् ।
बस्नेत बुधबार (मे २२) विहान ६ बजे सगरमाथाको चुचुरोमा पुगेका थिए । काठमाडौं फर्केपछि बस्नेतले आफ्नो लक्ष्य पूरा भएकोमा खुशी व्यक्त गरे । काठमाडौं ओर्लिएपछि बस्नेतले भने “जुन योजना बनाएको थिएँ सोही अनुसार सफल भयो ।” उनका अनुसार सामान्यतया सगरमाथा आरोहण गर्न ३५ दिनदेखि ४० दिनसम्मको अनुमति हुन्छ ।
बस्नेतका अनुसार मे १८ तारिख विहान ७ बजे काठमाडौंबाट लुक्ला उडे । १९ तारिखमा बेस क्याम्प २० तारिखमा बेस क्याम्प २ पुगे । २१ तारिखमा ७ हजार ९०० मिटरको उचाइमा थकाइ मारेर साँझ ८ बजे हिड्र २२ तारिखको विहान ६ बजे चुचुरोमा पुगेको जानकारी दिए ।
काठमाडौंबाट यात्रा सुरु गरी ७ दिनमै सगरमाथा पुग्ने उनको लक्ष्य अनुसार नै चुचुरो चुमेका विगू गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले खुशी व्यक्त गरे । गाउँको एउटा युवाले छोटो समयमै चुचुरोमा पुगेर रेकर्ड राख्नु गौरवको विषय भएको बताए । बस्नेतले सगरमाथा चुचुरोमा विगू गाउँपालिकाको झण्डा समेत सगरमाथा पु¥याएका छन् । सगरमाथा आरोहणका लागि बिगु गाउँपालिकाले चार लाख ८९ हजार चार सय ७७ रुपियाँ सहयोग गरेको छ ।
विगू गाउँपालिका वडा नं. १ लामाबगरका ३७ वर्षिय बस्नेत सगरमाथाको यस अघि बस्नेतले भरियाको रुपमा चार पटकसम्म विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुमी सकेका छन् । यस पटक आफ्नै हैसियतमा सगरमाथा आरोहणको योजना बनाएर लागेका हुन् । पटक पटक सगरमाथा पुगेकाले छोटो समयमै पुगेर फर्कन सक्छु भन्ने आँटले योजना बनाएको उनले बताए ।
यस पटक बाटो पनि बनि सकेको र अरु टोलीको समयको बारेमा अग्रिह सूचना लिएर यात्रा तय गरेकाले पनि चाँडै पुग्न सकेको बताए । चुचुरोमा पुगेर २२ तारिखमा अन्तिम बेस क्याम्प आइ पुगे । सगरमाथामा ४ वटा बेस क्याम्प छन् ।
उनलाई सेभेन समिट कम्पनीले साथ र सहयोग गरेको छ । तर गएका सहयोगी विरामी भएर अन्तिम बेस क्याम्पमा बसेपछि आवश्यक सामाग्री सहितको भारी बोकेर एक्लै चुचुरोमा पुगेको बताए । माथि पुगेपछि त्यहाँ भएका अन्य व्यक्तिहरुले आफ्नो फोटो खिच्न सहयोग गरेको बताए । सेभेन समिटका निर्देशक मिङ्मा शेर्पाको समूहले १४ वटा हिमाल चढिसकेका छन् ।
बस्नेत यस अघि साना ठूला गरी बस्नेतले भरियाका रुपमा सगरमाथासहित आधा दर्जन बढी हिमालको आरोहण गरेका छन् । बस्नेतले चीनको तिब्बतमा रहेका दुई वटा हिमाल पनि चढेका छन् ।

Shares

Be the first to comment on "दोलखाली राखे छिटो सगरमाथा आरोहणको नयाँ रेकर्ड"

Leave a comment

Your email address will not be published.


*