दोलखाली नागरिकको उपचारमा डा. गोविन्द केसी

दीक्षण समाचार
चरिकोट, कार्तिक १५
आमरनअनसन बसी स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्ने डा. गोविन्द केसी दोलखा आएर उपचार सेवा प्रदान गरिरहनु भएको छ । सोमबार जिल्ला आउनु भएका डा. केसीले सदरमुकाम चरिकोट स्थित पशुपति चौलागाईँ अस्पतालबाट हाडजोर्नीका बिरामीहरुलाई उपचार सेवा प्रवाह गरिरहनु भएको छ । अस्पतालका सूचना अधिकारी शान्तिप्रसाद न्यौपानेका अनुसार डा. केसी दोलखा आएसँगै अस्पतालको ओपिडी कक्षमा रहेर अस्पताल समयमा उपचार सेवा प्रवाह गरिरहनुभएको छ । उहाँको उपचार सेवा बिहीबारसम्म जारी रहने बताइएको छ । डा. केसीले खाना र खाजामा आफ्नै खर्च गरिरहनु भएको छ । उहाँ त्यस्तो व्यक्तित्व हुनुहुन्छ, जसले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै पटकपटक आमरनअनसन बस्दै आउनु भएको छ । उहाँले विभिन्न समयमा गरी हालसम्म २० पटक अनसन बस्नु भएको छ ।

Shares

Be the first to comment on "दोलखाली नागरिकको उपचारमा डा. गोविन्द केसी"

Leave a comment

Your email address will not be published.


*