दोलखालाई खुल्ला दिसा मुक्त गराउने अभियान तीव्र

शरद सापकोटा
चरिकोट फागुन २०
दोलखा जिल्लालाई खुल्ला दिसा मुक्त गराउने अभियानतीव्र गतिमा अघि बढेको छ । जिल्ला सरसफाई तथा स्वच्छता समिति दोलखाका अध्यक्ष एवं जिसस दोलखाका प्रमुख डबल पाण्डेको सक्रियतामा अभियानले तीव्रता पाएको हो । जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्न सबै सूचकहरु पूरा भैसके पनि प्रक्रियागत कामहरु बाँकी रहेकोले घोषणा हुन सकेको छैन । कानूनी प्रक्रियागत कामहरु छिटै सकेर २०७५ सालभित्रै घोषणा गराउन आफू लागि परेको अध्यक्ष पाण्डेले बताए ।
२०७२ सालमा दोलखालाई खुल्ला दिसा मुक्त गराउन िमति तय भएको एक हप्ता अगाडि नै विनाशकारी भूकम्पगएकोले सो अभियान स्थगन भएको थियो । त्यस पश्चात कतिपय अवस्थामा सरकारी, गैरसरकारी निकायको सहयोग तथा आफ्नै लगानीमा स्थानीय जनताले चर्पी निर्माण गरिसकेपछि अब जिल्ला घोषणा गरिनेछ । जिल्लाभरबाट आएको तथ्याङ्क हेर्दा ९८ प्रतिशत दोलखाबासीले चर्पीमा दिसा गर्ने गरेको पाइएको छ ।
पहिलो चरणमा वडा तहको वडा स्तरीय सरसफाई तथा स्वच्छता समितिले प्रमाणीकरण गरेर नगर वागाउँपालिकालाई पेश गर्नेछ त्यसपछि नगर वा गाउँपालिकाले आफ्नो पालिका खुल्ला दिसा मुक्त भएको घोषणा गर्ने छन । सबै नगर वा गाउँपालिकाको घोषणा भैसकेको जानकारी जिल्ला समन्वय समितिमा प्राप्त भैसकेपछि, जिससले प्रदेश स्तरीय सरसफाई तथा स्वच्छता समितिलाई अनुगमनका लागि आमन्त्रण गर्नेछ । प्रदेश सरकारबाट अनुगमन भैसकेपछि जिल्लातहको घोषणा हुनेछ ।
यो सबै प्रक्रियाका लागि समय निकै छोटो भएता पनि जिल्ला सरसफाई तथा स्वच्छता समिति दोलखाले सरकारी, गैरसरकारी निकाय समेटेर जिसस प्रमुखकै अध्यक्षतामा ११ सदस्यीय टोली गठन गरी कामलाई तीव्रता दिएको छ । अहिले जिसस प्रमुख पाण्डे सहितको टोलीले गाउँपालिकाहरुको कार्यालय पुगेर कामको सहजीकरण गरिरहेको छ । आगामी चैत्र महिनाभित्र नै घोषणा गर्ने गरी समयतालिकानिर्माण गरेर कामलाई ब्यवस्थापन गरिएको छ । देशका ७७ जिल्ला मध्ये हालसम्म ६६ वटा जिल्ला खुल्ला दिसामुक्त घोषणा भैसकेका छन् ।

Shares

Be the first to comment on "दोलखालाई खुल्ला दिसा मुक्त गराउने अभियान तीव्र"

Leave a comment

Your email address will not be published.


*