दोलखामा ८० प्रतिशत भु–भागमा धान रोपाइँ सकियो

चरिकोट(दीस)ःदोलखामा ८० प्रतिशत भु–भागमा धान रोपाइँ सकिएको छ । सोमबारसम्ममा जिल्लाका धान खेति योग्य भुभागको असी प्रतिशत भुभागमा रोपाई सकिएको हो  ।
सोमबार सम्ममा दोलखाका असी प्रतिशत भुभागमा रोपाईँ सकिएको कृषि ज्ञान केन्द्र रामेछाप अन्तर्गत दोलखा सम्पर्क कार्यालय दोखलाका प्रमुख नन्दराज ओलीले जानकारी दिनुभयो । यो वर्ष कम पानी परेकोले रोपाइँ ढिलो भएको उहाँको भनाई रहेको छ । यसका साथै खेतिको सिजनमा लम्पी स्किन रोगले गोरुहरु थला परेका कारण पनि किसानहरुलाई समस्या परेको छ ।

Shares

Be the first to comment on "दोलखामा ८० प्रतिशत भु–भागमा धान रोपाइँ सकियो"

Leave a comment

Your email address will not be published.


*