दोलखामा ७९ हजार ८ सय ७५ वटा खसीबाख्रालाई पीपीआर रोग विरुद्धको खोप

चरिकोट –दोलखामा ७९ हजार ८ सय ७५ वटा खसीबाख्रालाई पीपीआर रोग विरुद्धको खोप लगाइएको छ । खसीबाख्रालाई पीपीआर रोगबाट बचाउन गत आर्थिक वर्षमा नौ वटै स्थानीय तहमा यो खोप लगाइएको हो । भेटेरीेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको अनुसार विज्ञ केन्द्रबाट दुई हजार वटालाई खोप लगाइएको छ । जिल्लाको भीमेश्वर नगरपालिकामा आठ हजार ९ सय ८०, जिरी नगरपालिकामा सात हजार ९ सय २७ वटा बाख्राबोकालाई खोप लगाइएको छ । त्यसैगरी शैलुङ गाउँपालिकामा आठ हजार ९ सय ६८,गौरीशंकर गाउँपालिकमा नौ हजार, वैतेश्वर गाउँपालिकामा आठ हजार, खोप लगाइएको छ । विगु गाउँंपालिकामा नौ हजार , मेलुङ गाउँपालिकामा नौ हजार , कालिञ्चोक गाउंँपालिकामा आठ हजार, तामाकोशी गाउँपालिकामा नौ हजार खसीबाख्रालाई खोप लगाइएको केन्द्रका डाक्टर पलट चौधरीले बताउनु भयो । केन्द्रमा जम्मा एक लाख ११ हजार सात सय ५७ डोज प्राप्त भएकोमा दोलखामा ७९ हजार ८ सय ७५ डोज खोप खर्च भएको छ । बाँकी सिन्धुपाल्चोकमा लगाइएको छ । पीपीआर रोग लाग्दा सिगांन बग्ने, ज्वरो आउने , आखाँमा चिम्रा पर्ने, छेर्ने जस्ता लक्षण देखा पर्छन । समयमा उपचार नपाए बोकाबाख्रा मर्न सक्छ । त्यसैले रोग लागेपछि उपचार खोज्नुभन्दा रोग लाग्नै नदिन पीपीआर खोप लगाउनु आवश्यक हुन्छ ।

Shares

Be the first to comment on "दोलखामा ७९ हजार ८ सय ७५ वटा खसीबाख्रालाई पीपीआर रोग विरुद्धको खोप"

Leave a comment

Your email address will not be published.


*