दोलखामा ६ दिने पौभाथाङ्का चित्रकला कार्यशाला सुरु

ईश्वर बिश्वकर्मा
चरिकोट, कार्तिक २९
दोलखाको सदरमुकाम चरिकोटमा शुक्रबारबाट ६ दिने पौभा थाङ्का चित्रकला कार्यशाला सुरु भएको छ ।
कार्यशाला उद्धघाटन गर्दै प्रतिनिधी सभाका साँसद पार्वत गुरुङले दोलखाकाको लोककलालाई प्रबद्र्धन गनुपर्ने बताए ।
सीप भएका कलाकारले पछिल्लो पुस्तामा कलासीपको हस्तान्तरण गरेमा लोककलाको संरक्षण हुने उनले बताए । लोककला अन्र्तगतको पौभाथाङ्का निर्माण गर्ने चित्रकार दोलखामा पछिल्लो समयमा लोप हुन लागेको अवस्थामा यसको संरक्षणका लागि सहयोग गर्ने पनि उनले बताए ।
त्यसैगरि लोककलाले देशको पहिचान बढाएकोले यसको महत्व विषेश रहेको ३ नम्बर प्रदेश सभा सदस्य हिमाली गोलेले बताइन् ।
नेपाललाई अन्तराष्ट्रियस्तरमा चिनाउन योगदान दिने कलाकारहरुले समृद्ध “समृद्ध नेपाल सुखी नेपाली” भन्ने नारालाई सार्थक बनाउन सहयोग गर्नुपर्ने उनले बताइन् ।
कलाको माध्यमबाट पर्यटन वर्षलाई पनि सफल बनाउन विषेश प्रकारको भूमिका निर्वाह गर्न उनले कलाकारहरुलाई आग्रह गरिन् ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्साल काठमाडौँद्धारा आयोजित कार्यशालामा प्रतिष्ठानका प्राज्ञ बुद्धि बहादुर गुरुङले नेपालमा रहेका मौलिक लोककला संरक्षण, विकास र विस्तारका लागि कार्यशालाको आयोजना गरिएको बताए ।
कार्यशालामा बरिष्ठ कलाकार लोक चित्रकार, देवेन्द्र सिलवाल, सुन्दर सिम्खडा, उदयचन्द्र श्रेष्ठ, शंकर कुमार जोशी लगायत १५ जना कलाकारहरुको सहभागिता रहेको दोलखाका चित्रकार भुमिराज चौलागाईँले बताए । ति कलाकारहरुले ६ दिनको अवधीमा आआफ्नो कला, संस्कृति र परम्परा सुहाउँदो थाङ्कापौभा चित्र कोर्ने उनले बताए । कार्यशाला मंशिर ४ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखामा ६ दिने पौभाथाङ्का चित्रकला कार्यशाला सुरु"

Leave a comment

Your email address will not be published.


*