दोलखामा ६ जना कोरोना संक्रमण मुक्त, ४० जना नयाँ संक्रमित थपिए

दीक्षण दैनिक
चरिकोट, बैशाख २७
दोलखामा आज ६ जना व्यक्ति कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य कार्यालय दोलखाको आद्यवधिक तथ्याङ्क अनुसार भीमेश्वर नगरपालिकाका २ महिला र ४ पुरुष गरी ६ जना व्यक्ति कोरोना सँक्रमण मुक्त अर्थात् निको भएका हुन् । कार्यालयका अनुसार आज चरिकोटको पिसिआर प्रयोगशालमा १ सय ५८ जनाको नमुना स्वाब परीक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएको छ । जसमा भीमेश्वर नगरपालिका ७ पुरुष ७ महिला गरी १४ जना, जिरी नगरपालिकाका १ जना महिला, बैतेश्वर गाउँपालिकाका ८ पुरुष र ७ महिला गरी १५ जना, तामाकोशी गाउँपालिकाका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै विगु गाउँपालिकाका १ महिला र १ पुरुष, कालिन्चोक गाउँपालिकाका ६ पुरुष र १ महिला गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ । यो सगैँ जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ८७ पुगेको छ । जसमध्ये अस्पतालका आइसोलेसनमा १९ जना र होम आइसोलेसनमा १ सय ६८ जना रहेका स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जून पौडेलले बताए । आज कोरोना संक्रमणको कारण चरिकोट अस्पतालमा उपचाररत १ पुरुषको मृत्यु भएको उनले बताए ।

Shares

Be the first to comment on "दोलखामा ६ जना कोरोना संक्रमण मुक्त, ४० जना नयाँ संक्रमित थपिए"

Leave a comment

Your email address will not be published.


*