दोलखामा ६६ प्रतिशत खस्यो मत, दुई पालिकामा गन्न सुरु

दीक्षण समाचार
चरिकोट, बैशाख ३१
दोलखामा शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा ६६ प्रतिशत मतदान भएको छ । नौ वटै पालिका र ७४ वटै वडामा स्थानीय सरकारको नेतृत्व चयनका लागि जिल्लाभर ६६ दशमलब ४ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार जिल्लामा एक लाख ६० हजार ९६ मतदाता रहेकोमा एक लाख ५ हजार ७ सय ३२ मत खसेको हो । मतदानको क्रममा केही स्थानमा झडप भएपनि दिउँसोबाट शान्तिपूर्ण रुपमा मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मतमेटिका संकलन भएपछि जिरी नगरपालिका र शैलुङ गाउँपालिकामा शुक्रबार राति देखि नै मत गणना भइरहेको छ । बाँकी सात पालिकामा मतपेटिका संकलन भएपनि मत गणना सुरु हुन सकेको छैन । मत गणना हुन नसकेको पालिकामामा सर्वदलीय बैठकको निर्णयपछि गणना हुने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी विशाल केसीले बताउनुभयो ।

Shares

Be the first to comment on "दोलखामा ६६ प्रतिशत खस्यो मत, दुई पालिकामा गन्न सुरु"

Leave a comment

Your email address will not be published.


*