दोलखामा ५ वटा गुम्बा मर्मत सम्भार

ईस्वर बिश्वकर्मा/चरिकोट,  ७२ सालको महाभुकम्पका कारण आंशिक क्षति भएका दोलखाका ५ वटा गुम्बा मर्मत सम्भार गरिएको छ । मेलुङ, शैलुङ गाउँपालकिामा २–२ वटा र भीमेश्वर नगरपालिकाको १ वटा गरि ५ वटा गुम्बा मर्मत सम्भार गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार दोलखाले जनाएको छ । मेलुङ गाउँपालिकाका ६ डाँडाखर्कमा निकासी हुल्सा गुम्बा ५ लाख रुपैयाँमा मर्मत सम्भार गरिएको छ । सोही पालिकाको वडा नं ४ भेड्पुमा साङ्गा छ्योलिङ गुम्बा १० लाख रुपैँयाको लागतमा मर्मत गरिएको इकाई का सव–ईन्जिनियर पुरुषोत्तम आचार्यले बताए ।शैलुङ गाउँपालिका वडा नं ३ ढुङ्गेमा रहेको शैलुङ ढुङ्गे छ्योलिङ गुम्बा ५ लाख र वडा नं २ भुसाफेदामा पाटा दोधान टार्पेलिङ गुम्बा १० लाख लागतमा मर्मत सम्भार गरिएको सव–ईन्जिनियर आचार्यले बताए । त्यसैगरि भीमेश्वर नगरपालिका ७ मकैबारीमा माप्ची तामाङ गुम्बा ३ लाख रुपैँयाको लागतमा मर्मत सम्भार गरिएको उनले बताए ।
३ वटा गुम्बा पुनर्निर्माण हुदैँ
जिल्लामा भुकम्पले क्षती गरेको ३ वटा गुम्बा पुननिर्माण भईरहेको छ । इकाईको मर्मत सम्भार आर्थिक सहयोग र गुम्बा व्यवस्थापन समितिको खर्चमा गुम्बा पुननिर्माण भइरहेको छ ।शैलुङ गाउँपालिका वडा नं. ३ भुरुङ्गामा टासी साम्फेल, जिरी नगरपालिका वडा नं. ४ मेपकमा मेपक पेमा छ्योलिङ र मेलुङ गाउँपालिका वडा नं. ४ मा खाम्बुलिङ छ्योलिङ गुम्बा पुननिर्माण भइरहेको भएको इकाईका सव–इन्जिनियर आचार्यले बताए ।

Shares

Be the first to comment on "दोलखामा ५ वटा गुम्बा मर्मत सम्भार"

Leave a comment

Your email address will not be published.


*