दोलखामा ५४ प्रतिशत मतदान


दीक्षण समाचार
चरिकोट, मंसिर ४
दोलखामा प्रतिनिधि सभा र प्रदेश सभा अन्तर्गत आइतबार भएको निर्वाचनमा ५४ प्रतिशत मतदान भएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानको प्रारम्भिक तथ्यांक अनुसार जिल्लामा ५३ दशमलव ९८ प्रतिशत मत खस्न सफल भएको हो । जिल्लामा कुल एक लाख ६१ हजार ४ सय ५० मतदाता मध्ये ८७ हजार १ सय ५५ जनाले मतदानमा सहभागी भएको जिल्ला निर्वाचन कार्यालय दोलखाको तथ्याङ्कमा उल्लेख छ। कार्यालय प्रमुख शकुन्तला राईले प्रदेश सभा कमा ८१ हजार १ सय ३३ मतदाता मध्ये ४४ हजार ७ सय ८९ जनाले मतदान गरेका छन्। जुन् कुल मतमध्ये ५५ दशमलव २० प्रतिशत हो । त्यस्तै प्रदेश खमा कुल मतदाता ८० हजार ३ सय १७ मध्ये ४२ हजार ३ सय ३६ जनाले मतदान गरेका छन् ‌ । यसमा ५२ दशमलव ७५ प्रतिशत मत खसेको हो । जिल्लामा ९४ मतदान स्थल र १ सय ९७ मतदान केन्द्र रहेको निर्धारण गरिएको थियो।

Shares

Be the first to comment on "दोलखामा ५४ प्रतिशत मतदान"

Leave a comment

Your email address will not be published.


*