दोलखामा ४ सय २९ जना जेष्ठनागरिकले लगाए भेरोसिल

इश्वर बिश्वकर्मा
चरिकोट, जेठ २६
दोलखामा आजदेखि चिन सरकारको अनुदानमा प्राप्त भेरोसिल खोप लगाउने अभियान सुभारम्भ भएको छ । अभियानको पहिलो दिन आज ४ सय भन्दा बढीले खोपको पहिलो मात्रा लगाएका छन् । ५ स्थानीय तहका ६३ वर्ष देखि ६४ वर्ष उमेर समुहका २ सय ८ महिला र २ सय २१ पुरुष गरी ४ सय २९ जनाले खोप लगाएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार भीमेश्वर नगरपालिकाका ८५ महिला र पुरुष ८० जना गरी १ सय ६५ जना, शैलुङ गाउँपालिकाका ३२ महिला र ३५ पुरुष गरी ६७ जनाले खोप लगाएका छन् । त्यस्तै विगु गाउँपालिकाका ३० महिला ३४ पुरुष गरी ६४ जना, कालिन्चोक गाउँपालिकामा २९ महिला र ३८ पुरुष गरी ६७ जना र मेलुङका २० महिला र ४४ पुरुष गरी ६४ जनाले खोप लगाएका छन् । खोप लगाएपछि जेष्ठ नागरिकहरु कोरोना खोप प्रभावकारी रहेको र संक्रमण जोखिमबाट दुर भएको भन्दै खुशी भएका छन् । यी ५ वटै पालिकामा भोलीसम्म अभियान सञ्चालन हुने छ । जिरी नगरपालिका, तामाकोशी, बैतेश्वर र गौरीशंकर गाउँपालिकामा २९ र ३० गते खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको छ । खोप लगाएपछि कोहीकसैलाई शरीर दुख्ने, पाखुरा दुख्ने, टाउको दुख्ने जस्ता सामान्य लक्षण देखिएपनि केही समयपछि त्यस्ता समस्या हराउने र खोपले सकरात्मक प्रभाव प्रतिक्रिया देखाउछ । कार्यालय प्रमुख अर्जून पौडेलले सुरक्षित र ढुक्क भएर खोप लगाउन अनुरोध गरेका छन् ।

Shares

Be the first to comment on "दोलखामा ४ सय २९ जना जेष्ठनागरिकले लगाए भेरोसिल"

Leave a comment

Your email address will not be published.


*