दोलखामा ३ सय २२ बिद्यालय बने

चरिकोट –दोलखामा भुकम्पपछिको ध्वस्त भएका ३ सय २२ बिद्यालय पुननिर्माण भएको छ ।
जिल्ला आयोजना कार्यन्वयन ईकाई (शिक्षा)दोलखाका अनुसार पुननिर्माण सम्पन्न भई ती बिद्यालयमा कक्षाहरु संञ्चालनमा आएका छन । भुकम्प बाट दोलखामा जम्मा ४ सय बिद्यालय मध्ये ३ सय ६६ भुकम्पबाट प्रभाबित बिद्यालय रहेका थिए । त्यसैगरी ३ हजार १ सय २३ कक्षा कोठा पुर्ण रुपले क्षति भएको कार्यन्वयनन इकाईले जनाएको छ । निर्माण भएका बिद्यालयहरु ब्यवस्थापन समितिबाट ७१ वटा बिद्यालय निमार्ण भएका हुन । अझै १सय २१ वटा बिद्यालय निमार्ण्धिन अबस्थामा रहेका पनि जनाइएको छ ।
त्यसैगरी बोलपत्र मार्फत ठेकेदारले निमार्ण गर्ने बिद्यालय २२ वटा निमार्ण्धिन अबस्थामा रहेको र गैरसरकारी संस्थाहरुले निमार्ण गर्ने १सय ५१ वटा मध्ये १ सय ९ वटा निमार्ण सम्पन्न भईसकेको आयोजनाका प्रमुख देब कुमार बरालले जानकारी दिए ।
त्यसैगरी शिक्षा बिकास तथा समन्वय ईकाईबाट मर्मत १सय २३ र नयाँ ट्रस ४१ गरि जम्मा ५सय ४२ बिद्यालय भबन पुननिर्माण क्रम जारी रहेको बरालले बताए । बिभिन्न ३४ वटा गैरसरकारी संस्थाहरुले निमार्णका लागि जिम्मा लिएका अधिकांस बिद्यालयहरु निमार्ण सम्पन्न भएको उनको भनाई रहेको छ ।
केहि बिद्यालयहरु भने निमार्ण्धिन अबस्थामा रहेका समुदायलाई हस्तान्तरण गर्न बाँकी रहेको आयोजनाका ईन्जिनियर राजेन्द्रकुमार श्रेष्ठले बताए ।
दोलखाको बिद्यालय पुननिमार्णमा एडिबिको लोन प्रोजेक्टमा २१ वटा निमार्ण्धिन अबस्थामा रहेको छ भने एडिबिकै लोन प्रोजेक्टमा १२ बिद्यालय टेण्डर प्रक्रिया भई सम्झौता भैसकेको र जाईकाको लगानीमा पनि १ बिद्यालय निमार्ण भईरहेको ईन्जिनियर श्रेष्ठले बताए । हालसम्म बिद्यालय भबन बनाउने आश्वासन दिएर पनि नबनेको भारत सरकारको सहयोगमा १० बिद्यालय बनाउने भनिएपनि डिपिआर तयार गर्न समेत भारतिय दुताबासले चासो नदेखाएको जनाइएको छ ।
भारतिय दुताबासले डिपिआर तयार नगरेपछि आयोजनाकै अगुवाईमा भारतिय अनुदानमा निर्माण गर्ने भनिएका १० बिद्यालयको डिपिआर तयार भइरहेको बताईएको छ । चिन सरकारको सहयोगमा तिन ओटा बिद्यालयहरुको सर्भे सकि डिपिआर तयार भईरहेको श्रेष्ठले बताए । चिन सरकारले आफ्नै किसिमको टर्न की प्रोजेक्ट ढाँचामा बिद्यालय भबन निर्माण गर्ने बताईएको आयोजनाले जनाएको छ । हालसम्मको बिद्यालयको पुन निमार्णको अबस्था हेर्दा ८ सय १२ कक्षा कोठा अपुग हुने देखिएको आयोजनाका ईन्जिनियर श्रेष्ठको भनाई छ । हाल निमार्ण्धिन अबस्थामा १२ सय ७० कक्षा कोठा रहेको बताईएको हो ।

Shares

Be the first to comment on "दोलखामा ३ सय २२ बिद्यालय बने"

Leave a comment

Your email address will not be published.


*