दोलखामा २ हजार २५ जना संक्रमित, ९ जनाको मृत्यु

दीक्षण समाचार/ चरिकोट, –दोलखाका दुई हजार २५ जना दोश्रो लहरको कोरोना संक्रमणबाट संक्रमित भएका छन् । स्वास्थ्य कार्यालय दोलखाको आंकडा अनुसार एक हजार एक सय २६ जना पुरुष र आठ सय ९९ जना महिलामा कोरोना संक्रमित भएका हुन् । जिल्लामा बैशाख १२ गतेदेखि यता ४ हजार ४९ जनाको पिसीआर प्रविधिबाट नमूना जाँच गर्दा एक हजार छ सय १६ जनामा कोरोना पुष्टि भएका थियो । त्यसैगरी एन्टिजेन प्रविधिबाट एक हजार ५ सय ९६ जनाको जाँच गर्दा चार सय नौ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म सबैभन्दा धेरै तामाकोशी गाउँपालिकाका दुइ सय १ पुरुष र एक सय ८३ महिला गरी तीन सय ८४ जना संक्रमित भएका छन् । त्यसैगरी सबैभन्दा कम जिरी नगरपालिकाका ७४ पुरुष र ४५ महिला गरी एक सय १९ जना संक्रमित भएका छन् । भीमेश्वर नगरपालिकाका तीन सय ४७ पुरुष र दुइ सय ९१ महिला गरी छ सय ३८ जना रहेका छन् । कालिन्चोक गाउँपालिकामा ८७ पुरुष र ८७ जना महिला गरी एक सय ७४, गौरीशंकर गाउँपालिकामा ७६ पुरुष र ४५ महिला गरी एक सय २१, विगु गाउँपालिकामा ९८ पुरुष र ५५ महिला गरी एक सय ५३ जना संक्रमित भएका छन् । त्यसैगरी शैलुङ गाउँपालिकामा ८७ पुरुष र ५९ महिला गरी एक सय ४६, मेलुङ गाउँपालिकाका ७६ पुरुष र ६८ महिला सहित एक सय ४४, बैतेश्वर गाउँपालिकामा ८० पुरुष र ६६ महिला गरी एक सय ४६ जना कोरोना संक्रमित भएका छन् । एक हजार छ सय ८० जना निको भए जिल्लामा दुइ हजार २५ जना संक्रमित भएकोमा एक हजार छ सय ८० जना निको भएका छन् । भीमेश्वर नगरपालिकामा दुइ सय ९४ पुरुष र दुइ सय १६ महिला गरी ५ सय १०, जिरी नगरपालिकाका ६१ पुरुष र ३३ महिला गरी ९४, कालिन्चोक गाउँपालिका ५९ पुरुष र ८५ महिला गरी एक सय ४४, गौरीशंकर गाउँपालिकाका ४९ पुरुष र ३४ महिला गरी ८३, विगु गाउँपालिकाका ७७ पुरुष र ४५ महिला गरी एक सय २२ जना निको भएका छन् । तामाकोशी गाउँपालिकाका एक सय ७५ पुरुष र एक सय ६८ महिला गरी तीन सय ४३, शैलुङ गाउँपालिकाका ७८ पुरुष र ४८ महिला गरी एक सय २६, मेलुङ गाउँपालिकाका ७५ पुरुष र ६१ महिला गरी एक सय ३६, बैतेश्वर गाउँपालिकाका ६८ पुरुष र ५४ महिला गरी एक सय २२ जना निको भएका कार्यालय प्रमुख अर्जुन पौडेलले बताए । ९ जनाको मृत्यु दोश्रो लहरको कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । कार्यालयका अनुसार छ पुरुष र तीन महिला गरी नौ जनाको मृत्यु भएको हो । भीमेश्वर नगरपालिकाका एक, कालिन्चोक गाउँपालिकाका एक, विगु गाउँपालिकाका चार, शैलुङ गाउँपालिकाका एक, मेलुङ गाउँपालिकाका एक र बैतेश्वर गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । निको हुन बाँकी संक्रमित जिल्लामा सक्रिय संक्रमित अर्थात् निको हुन बाँकी तीन सय ३६ जना रहेका छन् । ति मध्ये एक सय ८४ पुरुष र एक सय ५२ महिला रहेका छन् । भीमेश्वर नगरपालिकामा ५० पुरुष र ७५ महिला गरी एक सय २५, जिरी नगरपालिकाका १३ पुरुष र १२ महिला गरी २५, कालिन्चोक गाउँपालिका २९ पुरुष र दुइ महिला गरी ३१, गौरीशंकर गाउँपालिकाका २७ पुरुष र ११ महिला गरी ३८ जना सक्रिय संक्रमित रहेका छन् । विगु गाउँपालिकाका १८ पुरुष र नौ महिला गरी २७, तामाकोशी गाउँपालिकाका २६ पुरुष र १५ महिला गरी ४१, शैलुङ गाउँपालिकाका आठ पुरुष र ११ महिला गरी १९, मेलुङ गाउँपालिकाका एक पुरुष र छ महिला गरी ७ र बैतेश्वर गाउँपालिका १२ पुरुष र ११ महिला गरी २३ जना सक्रिय संक्रमित रहेका छन् । २४ जनाको अस्पतालमा उपचार हुँदै लक्षण सहितको कोरोना संक्रमण पुष्टि भएपछि संक्रमित व्यक्तिलाई अस्पतालको उपचार चाहिन्छ । जिल्लामा बुधबारसम्मको आंकडा अनुसार २३ जना संक्रमितको अस्पतालमा उपचार भईरहेको छ । चरिकोट अस्पतालमा पाँच जना एचडियु र दुइ जना आइसोलेसन, सिंगटी अस्पतालमा आठ जना, बैतेश्वर अस्पतालमा ३ जना, तामाकोशी कोभिड अस्पतालमा तीन, विगु कोभिड अस्पतालमा दुइ जना आइसोलेसनमा रहेका छन् । संक्रिय संक्रमित मध्ये तीन सय १२ जना होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् । हालसम्म चरिकोट अस्पतालबाट पाँच जना बिरामी रिफर गरिएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । लक्षण सहितको कोरोना संक्रमण पुष्टि भएपछि संक्रमित व्यक्तिलाई अस्पतालको उपचार चाहिन्छ । जिल्लामा बुधबारसम्मको आंकडा अनुसार २३ जना संक्रमितको अस्पतालमा उपचार भईरहेको छ । चरिकोट अस्पतालमा पाँच जना एचडियु र दुइ जना आइसोलेसन, सिंगटी अस्पतालमा आठ जना, बैतेश्वर अस्पतालमा ३ जना, तामाकोशी कोभिड अस्पतालमा तीन, विगु कोभिड अस्पतालमा दुइ जना आइसोलेसनमा रहेका छन् । संक्रिय संक्रमित मध्ये तीन सय १२ जना होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् । हालसम्म चरिकोट अस्पतालबाट पाँच जना बिरामी रिफर गरिएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखामा २ हजार २५ जना संक्रमित, ९ जनाको मृत्यु"

Leave a comment

Your email address will not be published.


*