दोलखामा २ वर्षको अवधीमा सवारी दुर्घटनामा परि २७ जनाको मृत्यु

ईश्वर बिश्वकर्मा
चरिकोट, कार्तिक १८
दोलखामा २ वर्षको अवधीमा सवारी दुर्घटनामा परि २७ जनाको मृत्यु भएको छ ।
आर्थिक वर्ष २०७४÷०७५ र २०७५÷०७६ को अबधी भर साना तथा ठुला सवारी दुर्घटनामा परि सो संख्याका मानिसको मृत्यु भएको हो ।
जिल्ला ट्राफिक कार्यालय दोलखाका अनुसार दुर्घटनामा परि २२ जना पूरुष, ३ महिला र २ जना बालक सहित २७ जनाको मृत्यु भएको छ ।
त्यसैगरिे ४३ पुरुष, महिला ६, बालक ४ र बालिका १ जनागरि ५४ जना गम्भिर घाइते भएका छन् । पुरुष ४०, महिला १४, बालक १२ र बालिका १ गरि जम्मा १०३ जना सामान्य घाइते भएको कार्यालयले जनाएको छ ।
सबैभन्दा बढी संख्याका १२ वटा ट्रक, ५ वटा बस, १० वटा कारजीप, १० मोटरसाइकल ट्याक्टर १० वटा र अन्य १ गरि जम्मा ४८ वटा सवारीसाधन दुर्घटनामा परेको ट्राफिक प्रहरी जवान जगदिश कार्कीले बताए ।
चालु आर्थिक वर्षको ३ महिनाको अवधीमा सवारी दुर्घटनामा ३ जनाले ज्यान गुमाएका छन् । गत साउन देखि असोजसम्ममा २ जना पुरुष र १ बालकको मृत्यु भएको कार्कीले बताए । कार्किका अनुसार ७ जना गम्भिर घाइते र ४ जना सामान्य घाइते भएका छन् ।
बस १ वटा, ट्रक २ वटा, कारजीप २ वटा, मोटरसाइकल ५ वटा र अन्य गरि १० वटा सवारी साधन सडक दुर्घटनामा परेका छन् ।
कार्यालका प्रमुख प्रहरी नायव निरिक्षक गोकर्ण नेपालका अनुसार चालकहरुमा हतार, सडकको अवस्था, उच्च रक्तचाप, यान्त्रिक गडबडी, मादक पदार्थको सेवन, चालकमा आँखाको दृष्टिको कमजोरी लगायतका कारणले गर्दा सवारीसाधन दुर्घटनामा पर्ने गरेका छन् ।
पछिल्लो समयमा ट्राफिक कारबाहीमा कडाइका साथै सचेतनामूलक कार्य गरिएता पनि ट्राफिक नियमको पालना नगर्नाले दुर्घटनाको जोखिम बढेको उनले बताए ।
चालकहरुको स्वास्थ परिक्षण गर्ने गरेको भएता पनि सोचेअनुरुपको दुर्घटना न्युनिकरणमा सफलता पाउन नसकिएको नेपालले बताए ।

Shares

Be the first to comment on "दोलखामा २ वर्षको अवधीमा सवारी दुर्घटनामा परि २७ जनाको मृत्यु"

Leave a comment

Your email address will not be published.


*