दोलखाका २८ जनामा कोरोना संक्रमण पुष्टि

दीक्षण समाचार
चरिकोट, बैशाख २३
दोलखामा बिहिबार बिहान ११ः ३० बजेसम्ममा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कालिन्चोक गाउँपालिकाका १२ जना, भीमेश्वर नगरपालिका ५ जना र शैलुङ गाउँपालिकाका ११ जना गरी जिल्लाका २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनिहरुको नमूना स्वाबको पिसीआर परिक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । चरिकोट अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा भीमेश्वर नगरपालिकाका ५ जनामा सर्वसाधरणमा कोरोना संक्रमण पुष्टि भएको हो । कालिन्चोक गाउँपालिकाका ३४ जनाको सोमबार पिसिआर परीक्षणको लागी धुलिखेल पठाइएकोमा १२ जना कर्मचारीमा कोरोना पुष्टि भएको कालिन्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले बताए । यस्तै शैलुङ गाउँपालिकाका ८ शिक्षक र ३ कर्मचारी गरी ११ जनामा आजै कोरोना पुष्टि भएको छ । गत म‌ँगलबार पालिकाका ४७ जनाकाे नमूना स्बाव पिसीअार परीक्षणकाे लागी धुलिखेल पठाइकाे थियाे । जसमध्ये ११ जनामा काेराेना पुष्टि भएकाे हाे ।

Shares

Be the first to comment on "दोलखाका २८ जनामा कोरोना संक्रमण पुष्टि"

Leave a comment

Your email address will not be published.


*