दोलखामा २४ जना भुकम्प प्रभावितले गरे अनुदान फिर्ता

ईस्वर विक
चरिकोट –दोलखामा २४ जना भुकम्प प्रभावितले अनुदान रकम फिर्ता गरेका छन ्। भुकम्प प्रतिरोधी निजी आवास निर्माणका निम्ति लिएका ५० हजार अनुदान २४ जनाले फिर्ता गरेका हुन् । अनुदान फिर्ता गर्नेहरुमा सबैभन्दा बढि दोलखाको बैत्यश्वर गाउँपालिकाका १५ जना रहेका छन् । त्यसैगरि भिमेश्वर नगरपालिकाका १ जना र जिरी नगरपालिकाबाट १ जनाले अनुदान फिर्ता गरेका छन् ।
मेलुङ गाउँपालिकाबाट १ जनाले अनुदान फिर्ता गरेका छन् । गौरीशंकर गाउँपालिकाबाट २ जना, तामाकोसी गाउँपालिकाबाट १ जना र विगु गाउँपालिकाबाट १ जनाले अनुदान रकम फिर्ता गरेका छन् । अन्यत्र घर भएका, दुई स्थानबाट अनुदान लिएका र घर क्षति नभएका मानिसहरुले उक्त अनुदान फिर्ता गरेका राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानिय पूर्वाधार) दोलखाका कम्प्युटर अपरेटर टिका जोशीले बताए ।
दोलखामा बुधबारसम्मको तथ्याङ्क अनुसार सर्वेक्षणबाट पहिचान भएका कुल लाभग्राही ५१ हजार ९ ४० रहेका छन् । त्यसैगरी गुनासो पछर्यौटपछि थप भएका लाभग्राही संख्या १८ हजार ३ सय तीन रहेका छन् । प्रवलिकरण लाभग्राही संख्या २५ सय ७६ रहेको छ । जम्मा लाभग्राही ७२ हजार ८ सय १९ रहेका छन् । अनुदान सम्झौता सम्पन्न घरधुरी ६७ हजार ४ सय ७६ रहेका छन् । प्रथम किस्ता पाप्त गर्ने ६५ हजार ७ सय ७ रहेका छन् । अर्थात ९७ प्रतिशत रहेका छन् । दोस्रो किस्ता प्राप्त गर्नेको संख्या ५७ हजार १ सय ९ रहेका छन् । अर्थात ८५ प्रतिशत रहेका छन् । त्यसैगरि तेस्रो किस्ता पाउनेको संख्या ५० हजार २ सय ६७ रहेका छन् । अर्थात ७४ प्रतिशत रहेका छन् ।
त्यसैगरि गुनासो दर्ता २४ हजार ३ सय ७९ मध्ये २४ हजार ३ सय ७९ नै पछर्यौट भएको छ । गुनासो पछि अनुदान सम्झौता संख्या ३७० रहेकोमा प्रथम किस्ता ४ सयले प्राप्त गरेका छन् । अर्थात १६ प्रतिशतले प्रथम किस्ता प्राप्त गरेका छन् ।
साथै लाभग्राही सुचिमा सुचिकृत भुकम्प पिडितलाई सम्झौता गर्न छुटेको भए असार मसान्त भित्र सम्झौता गर्न जिल्ला आयोजना कार्यान्वयन इकाई दोलखाले आग्रह गरेको छ ।

Shares

Be the first to comment on "दोलखामा २४ जना भुकम्प प्रभावितले गरे अनुदान फिर्ता"

Leave a comment

Your email address will not be published.


*