दोलखामा १ सय १९ क्षयरोगी

इश्वर विक
चरिकोट, ११ चैत
दोलखामा क्षयरोगीको संख्या ११९ पुगेको छ । दोलखाका विभिन्न स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्रबाट नियमित औषधी सेवन गर्ने क्षय रोगीको संख्या बढेको छ । जिल्ला स्वास्थ्य कार्यालय दोलखाको तथ्याङ्क अनुसार सबैभन्दा बढी भीमेश्वर नगरपालिकामा २४ जना र सबैभन्दा कम तामाकोसी गाउँपालिकामा ४ जना रहेका छन् । कार्यालयका अनुसार जिरी नगरपालिकामा १६ जनाले क्षयरोगको नियमित औषधी प्रयोग गर्दै आएका छन् ।
त्यसैगरी विगू गाउँपालिकामा १६, कालिञ्चोक गाउँपालिामा १८ जना, बैतेश्वर गाउँपालिकामा ११, शैलुङ गाउँपालिकामा २०, गौरीशंकर गाउँपालिकामा ८, मेलुङमा ७ जना र तामाकोसीमा ४ जनाले क्षय रोगीले नियमित औषधी लिइ रहेको क्षयकुष्ठ रोग अधिकृत जितेन्द्रकुमार कर्णले जानकारी दिए ।
उनका अनुसार आर्थिक वर्ष २०७०÷७१ मा १ सय ८ जना २०७१।७२ मा १ सय २५ जना, २०७२।७३ मा १ सय ५० जना, २०७३।७४ मा ११० जना क्षयरोगी थिए । प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटका सूचना अधिकारी शान्तिप्रसाद न्यौपानेले साँझपख ज्वरो आउने, खाना मन नलाग्ने, खोकी लाग्ने, दुब्लाउँदै जाने र खकारमा रगत देखा पर्ने जस्ता लक्षण देखिएमा नजिक स्वास्थ्य संस्थामा गई स्वास्थ्य परीक्षण गर्न आग्रह गरे ।

Shares

Be the first to comment on "दोलखामा १ सय १९ क्षयरोगी"

Leave a comment

Your email address will not be published.


*