दोलखामा १९५ जनामा गरिएको ¥यापिड डाइग्नोस्टिक टेस्टमा रिपोर्ट नेगेटिभ

चरिकोट (दीस) –दोलखाका बिभिन्न १९५ जनामा गरिएको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणको कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ आएको छ । जिल्लामा विदेशबाट आएर १४ दिन कटेको र २१ दिन नपुगेकालाई आजसम्म आरडीटी प्रविधिबाट सुरु गरेको कोरोना संक्रमणको १९५ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।
दोलखामा विहिबारसम्म गरिएको टेष्टमा १९५ जनामा गरेको आरडीटी प्रविधिमार्फत एण्टिबडी जाँच गर्दा सबैको रिपोर्ट नेगेटिभ देखाएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख एवम् जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकारी विभुकुमार झाले जानकारी दिए ।

Shares

Be the first to comment on "दोलखामा १९५ जनामा गरिएको ¥यापिड डाइग्नोस्टिक टेस्टमा रिपोर्ट नेगेटिभ"

Leave a comment

Your email address will not be published.


*