दोलखामा १८५ मेट्रिक टन किवी उत्पादन

चरिकोट, साउन २०

दोलखामा गत आर्थिक वर्ष २०७५÷०७६ मा १८५ म«ेटिक टन किवी फल उत्पादन भएको छ ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना इकाई (किवी जोन) दोलखामा आबद्ध रहेका स्थानिय तहकामा सो परिमाणको किवी उत्पादन भएको हो ।  किवी जोन दोलखामा २ नगरपालिका सहित ४ गाउँपालिका आबद्ध रहेका छन् । भीमेश्वर नगरपालिका, जिरी नगरपालिका, विगु गाउँपालिका, शैलुङ गाउँपालिका कालिञ्चोक गाउँपालिकाको ३५ हेक्टर क्षेत्रफलमा व्यवसायिक किवी खेती गरिएको थियो ।  उक्त क्षेत्रफलमा उत्पादित जम्मा उत्पादनको ७० प्रतिशत मात्र बिक्री हुने अनुमान गर्दा १३० म«ेटिक टन बिक्री हुन योग्य उत्पादन भएको थियो । उक्त किवी फलको बिक्रीबाट २ करोड २१ लाख आम्दानी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना इकाई (किवी जोन) दोलखाका खरिदार महेन्द्र कुमार ओलीले बताए । ओलीका अनुसार उत्पादित किवी फल स्थानिय बजार लगायत विभिन्न जिल्लाहरुमा बिक्री गरिएको छ ।
चालु आर्थिक २०७६÷०७७ मा दोलखाको ६० हेक्टर क्षेत्रफलमा ३ सय ३० मेटिक टन किवी फल उत्पादन गर्ने अनुमान रहेको उनले भने ।  फलफुलहरुको राजा किवी सर्वगुणी अनि लाभदायक फल भएकाले बालबालिका र सुत्केरी महिलाहरुलाई पोषणको लागि उपयुक्त मानिन्छ । यसको व्यवसायिक खेतीका लागि दोलखाका लगायत नेपालका विभिन्न स्थानका किसानहरु आर्कषित भइरहेका उनले बताए । दोलखामा एलिसन, हावार्ड र मन्टे जातका किवी फल पनि उत्पादन भएको छ । कृषि प्राविधिकका अनुसार किवी अर्थात् ठेकी फलको खेती नेपालको समुन्द्री सतहदेखि एकहजार ९ हजार मिटरदेखि २ हजार ५ सय मिटरसम्मको उचाइमा गर्न सकिन्छ । यो फलको खेतीका लागि उपयुक्त हावापानी र जमिन मिलाउन पर्ने हुन्छ । किवीको नियमित सेवनले मुटुरोग सम्भावना कम गर्ने, रक्तचाप सन्तुलन कायम गर्ने, तौल घटाउने, अनिद्राको समस्या पनि हटाउछ ।

Shares

Be the first to comment on "दोलखामा १८५ मेट्रिक टन किवी उत्पादन"

Leave a comment

Your email address will not be published.


*